मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प
पुस १९, २०८१ शुक्रबार
सर्लाही – उखु किसानले सरकारी अनुदानको रकम माग गर्दै पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विरोध प्रदर्शन गरेका छन् ।
आर्थिक वर्ष २०७४/०७५ को सरकारले उखु किसानलाई अनुदानबापत दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा र चिनी उधोगले दिनुपर्ने ५ रुपैयाँ अहिलेसम्म पनि नदिएकाले आन्दोलन गर्नु परेको नेपाल राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।
किसानसँग सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत भएकाले अब किसानले जस्तोसुकै मूल्य चुकाएर भुक्तानी लिएरै छोड्ने किसान अगुवा राजकुमार उप्रेतीले बताउनुभयो । हातमा उखुको लाक्रो बोकेर प्रदर्शनमा उत्रिएका किसानले एक वर्ष बितिसक्दा समेत उखुको भुक्तानी नपाएकाले आन्दोलनको विकल्प नभएको बताएका छन् ।
उहाँहरुले आजबाट चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्दै राजमार्ग बन्द गर्ने समेत कार्यक्रम तय गर्नुभएकाे छ । उखु बिक्री गरेको रकम लिन उखु किसान सहज रुपमा सरकारसँग प्रस्तुत हुँदा नसुनेकाले अब कडा रुपमा सडकमा आउने सर्लाही क्षेत्र ३ क बाट निर्वाचित प्रदेश संसद डिल्ली उप्रेतीले बताउनुभयो ।
२०७५ बैशाख ४ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई प्रतिक्विन्टल उखुको चिनी उद्योगीबाट ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय भएको थियो । चिनी उधोगले ५ रुपैयाँ बाँकी राखेर किसानलाई भुक्तानी गरे पनि सरकारले दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा अझै पाउन सकेका छैनन् ।
सरकारले उखु उत्पादक कृषकहरूलाई राहत दिन राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले उखु उत्पादक किसानलाई भुक्तान गर्न अर्थ मन्त्रालयसँग ९० करोड माग गरको र अर्थले सबै जिल्लाका उखु किसानलाई भुक्तान गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम पठाए थियो ।
सबै जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उखु किसान राहत समितिमार्फत किसानको रकमा बैैंक खाताका जाने व्यवस्था गरिएको थियो । तर सर्लाहीका किसानको लागि प्रक्रिया झन्झटिलो भएकाले अनुदानको रकम वितरण गर्न नसकिएको सर्लाहीका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख जगत थपलियाले बताउनुभयो ।
गत वर्ष भारतीय उखु क्रसिङ भएकाले अनुदान कसरी दिने भन्ने अन्यौलका कारण किसानले अनुदानको रकम पाउन नसेको सरकारी पक्षको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।