पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदद्वारा कश्मीरको पुलवामा गरेको आत्मघाती आक्रमणपछि यति बेला भारतीय नागरिकहरु आक्रोशित भएका छन् ।
यसैबीच बलिउड फिल्म उद्योगमा पनि पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध गरिएको छ । खबरहरुका अनुसार अभिनेता सलमान खानले पनि सैनिकहरुको सम्मानस्वरुप पाकिस्तानी गायक आतिफ असलमलाई आफ्नो फिल्मबाट निकालिदिएका छन् ।
आतिफ असलम सलमान खानको प्रोडक्शन कम्पनी ‘सलमान खान फिल्म्स’को ब्यानरमा बन्न लागेको फिल्म ‘नोटबुक’ का लागि गीत गाउने तयारीमा थिए । तर अब भने अभिनेता सलमान खानले आतिफ असलमलाई फिल्ममा गाउन दिइएको अफर रद्द गरिदिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सलमान खानको फिल्म ‘नोटबुक’मा अब गायक अरमान मल्लिकले गाउन सक्ने बताइएको छ ।
अजय देवगनले गरे फिल्म ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने घोषणा
पुलवामा हमलापछि सलमान खान न्दा अघि अन्य कलाकारले पनि पाकिस्तानी कलाकारहरुसँग काम नगर्ने घोषणा गरिसकेका छन् । अभिनेत्र शबाना आजमी र जावेद अख्तरले पाकिस्तानमा हुने भनिएको साहित्यिक कार्यक्रम रद्द गरिदिएका छन् ।
यस्तै अभिनेता अजय देवगनले उनको फिल्म ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने घोषणा गरिसकेका छन् । अजय देवगनले उनको ट्विटर अकाउन्टमार्फत यस कुराको जानकारी दिएका हुन ।
अजयले लेखेका छन्, ‘पुलवामा हमलापछिको माहोललाई मध्यनजर गर्दै फिल्म ‘टोटल धमाल’ को टिमले पाकिस्तानमा यो फिल्म रिलिज नगर्ने निर्णय गरेको छ ।’
In light of the current situation the team of Total Dhamaal has decided to not release the film in Pakistan.
— Ajay Devgn (@ajaydevgn) 18 February 2019
सामाजिक सञ्जालमा अजय देवगनको यो ट्वीट सार्वजनिक भएसँगै अधिकांश भारतीयहरुले उनको निर्णको सराहना गर्दै अजय देवगनको प्रशंसा गरेका छन् ।
अजय देवगन, इशा गुप्ता, अनिल कपूर, माधुरी दीक्षित, अरसद वारसी, रितेश देशमुखलगायत मल्टीस्टारर फिल्म ‘टोलल धमाल’ यही फेब्रुअरी २२ मा रिलिज हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।