अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशतले बढ्यो
पुस १३, २०८१ शनिबार
काठमाडौं – आगामी दश वर्षमा १० हजार युवालाई उद्यमी बनाउन अभियान शुरु भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गत रहेको नेपाल उद्यमशील समाजले ‘नेपाल उद्यमी सम्मेलन–२०१८’ आयोजना गरी अभियान थालेको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले युवालाई उद्यमी नबनाएसम्म समृद्ध मुलुक निर्माण गर्न नसकिने बताउनुभयो । आफू उद्योगमन्त्री हुँदा उद्योगका लागि आवश्यक नीति नियममा विशेष ध्यान दिइएको भन्दै उहाँले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रको हौसला बढाउन सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशीले युवाको नयाँ सोचलाई व्यावहारिक रुप दिन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पढाइ सकेपछि जागिर खोज्ने सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समृद्ध मुलुक निर्माणका लागि सरकारले निजी क्षेत्रको हौसला बढाउनुपर्ने बताउनुभयो । सम्मेलनमा देशभरबाट छानिएका २३ युवा उद्यमीको नयाँ व्यावसायिक परियोजना प्रस्तावमाथि छलफल भएको थियो ।
सम्मेलनमा युवा उद्यमीको नयाँ परियोजनामाथि छलफल गरेर उद्यम गर्न लगानी जुटाउने योजना रहेको नेपाल उद्यमशील समाजका संयोजक जिडी पाण्डेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।