विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
दाङ - गाउँठाउँको विकासमा सधैं अगाडि उभिएर नेतृत्व गर्दै आएका प्रदेश सांसद उत्तरकुमार वलीको निधनपछि दाङको पश्चिम क्षेत्र यतिबेला शोकमा छ ।
पश्चिम दाङमा तत्कालीन नेकपा एमालेको संगठन कमजोर थियो । विद्यार्थी जीवनमा नेकपा निकट विद्यार्थी संगठनको जिल्ला सदस्य समेत रहेका उत्तरकुमार वली एमालेका लागि एउटा बलियो खम्बाका रुपमा उदाए । पहिलो संविधानसभा चुनावसम्म निकै कमजोर रहेको नेकपा एमाले त्यसको ५ वर्षपछि जुरुक्क उठेको थियो ।
साविक श्रीगाउँ गाबिस वडा नम्बर १ को लेटा, हालको दंगीशरण गाउँपालिका ६ लेटारमा २०४१ साल वैशाख १५ गते जन्मेका वलीले २०५६ सालमा नेकपा एमालेको संगठित सदस्यता लिएका थिए । आमा मृत्रीकुमारी वली र बुवा रत्नबहादुर वलीका कान्छो सन्तानका रुपमा जन्मेका वलीले नेकपा एमालेको संगठनलाई बलियो बनाएर २०७४ सालको प्रदेशसभा चुनावमा अत्यधिक मत प्राप्त गरेर विजयी हुनुभएको थियो ।
२०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीसँग पराजित हुनुभएको थियो । चुनावमा पराजित भए पनि उहाँ आफ्नो क्षेत्रमा जान छोड्नुभएन । नागरिकको विश्वास जित्न लाग्नुभयो । जसको फलस्वरुप गएको वर्ष भएको प्रदेशसभा चुनावमा उहाँ विजयी हुनुभयो ।
एक हक्की नेताका रुपमा पहिचान बनाएका नेता वली आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रीय समेत हुनुहुन्थ्यो । सधैंभरी नागरिकका बीचमा आफ्नो जीवन बिताउने प्रतिबद्धतासहित राजनीतिमा लागेका वलीले ३७ वर्षको उमेरमा संसारबाट बिदा लिनुभयो ।
पश्चिम दाङमा नेकपा पार्टी तथा पार्टी बाहिर समेत लोकप्रीय रहेका नेता वली माघ २४ गते घोराही लमही सडक खण्डको मुसोट पुल नजिक चिसापानीमा वली सवार कारलाई बसले ठक्कर दिएपछि गम्भिर घाइते हुनुभएको थियो । लमही हँुदै कोहलपुर मेडिकल कलेजबाट राजधानीको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राती उहाँको निधन भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।