परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सुर्खेत खाल्टेपानीकी संगीता चपाईले केही दिनअघि फार्ममा हालेका कुखुराका चल्ला मर्न थाले । एक पटकमा हालेका एक हजारभन्दा बढी चल्लामध्ये मरेरै आधा बढी सकिन थालेपछि उहाँ चिन्तामा पर्नुभयो ।
‘फार्ममा राखेका चल्ला सुुरुमा घोरिन्छन । बिस्तारै आँखा च्याप्छन् । भोलिपल्ट हेर्दा मरेका हुन्छन्’ अघिल्लो हप्ता सोमबार नेपाल कृषि अनुसन्धान परिषद नार्कको ‘किसान कल सेन्टर’मा फोन गरेर संगीताले सोध्नुभयो, ‘यसरी चल्ला किन मरे सर ?’
‘कुन रोगले चल्ला मरे भनेर यसै भन्न सकिँदैन । एकपटक नजिकैको अस्पताल वा पशु स्वास्थ्य प्राविधिकसँग सल्लाह गर्नुहोस्’ नार्कका स्वास्थ्य अनुसन्धान महाशाखाका प्रमुख वैज्ञानिक दोजराज खनालले जवाफ फर्काउनुभयो ।
कुखुरा पालन व्यवसाय । यसमा हुने जोखिम । सावधानी अपनाउनु पर्ने विषय । चल्ला हाल्दा ध्यान दिनुपर्ने कुरा । संगीताले नार्कका वैज्ञानिक खनालसँग यी सबै जिज्ञासा राख्नुभयो ।
कुखुरापालन व्यवसाय र यसबाट हुने फाइदा तथा जोखिमका अवस्थाबारे खनालले पनि संगीतालाई क्रमैसँग बुझाउनुभयो । ‘हुन्छ अब त्यसै गर्छु सर’ भन्दै संगीताले फोन राख्नुभयो ।
महोत्तरीका रामचन्द्र यादवको गहुँबाली सुक्दै गएको छ । सिँचाई गरे पनि गहुँका बोट सुक्न थालेपछि यादवले पनि ‘किसान कल सेन्टर’को टोल फ्री नम्बर ११३५ मा फोन गरेर वैज्ञानिकलाई आफ्ना समस्या सुनाउनुभयो ।
यादवको प्रश्नमा नार्कका विज्ञ हरिकृष्ण उप्रेतीले महोत्तरीमा रहेको कृषि ज्ञान केन्द्रमा सुकेका धानका बोट नै लिएर परीक्षण गर्न सुझाव दिनुभयो । ‘हस सर’ भन्दै यादव आश्वस्त हुनुभयो ।
नार्कको ‘किसान कल सेन्टर’मा हरेक सोमबार यसैगरी किसानका फोन आउँछन् । किसानका समस्याको समाधान फोनबाटै दिन ८ देखि १० जना वैज्ञानिकको टोली ‘अलर्ट’ भएर बसेको हुन्छ ।
सोमबार दिउँसो २ बजेपछि किसानका तारन्तार फोन बज्छन् । झण्डै ४ बजेसम्म फोनमै वैज्ञानिकले किसानका सबै समस्याको समाधान सुझाउँछन् । धान, गहुँ, मकै बाली विज्ञ, माटो विज्ञ, हावापानी विज्ञ, किट विज्ञ, तरकारी खेती विज्ञ गरी सबै क्षेत्रका एक जना गरी १० जना वैज्ञानिकको टोली ‘किसान कल सेन्टर’मा बसेका हुन्छन् ।
‘दुई घण्टाको बीचमा ३० भन्दा बढी किसानको फोन आउँछन’ नार्कका प्रवक्ता हरिकृष्ण उप्रेतिले भन्नुभयो, ‘एक जनालाई बढीमा १० मिनेटको समय दिएर किसानका समस्या सुन्छौँ र त्यही अनुसार समाधानका उपाय बताउँछौँ ।’
वैज्ञानिकले वर्षौं अनुसन्धान गरेर विकास गरेको कृषि प्रविधि किसानसम्म पुगेन भन्ने गुनासो बढेपछि नार्कले गएको चैतदेखि ‘किसान कल सेन्टर’ कार्यक्रम सुरु गरेको हो ।
अहिलेसम्म भएका ४९ हप्तामा २ सय ९८ जना किसानले पैसा नलाग्ने टोल फ्री नम्बर ११३५ मा फोन गरेर आफ्ना समस्याको समाधान वैज्ञानिकबाट खोजेका छन् । तीमध्ये धेरैले वैज्ञानिकसँग सल्लाह लिएपछि फाइदा भएको भनेर पनि बताउने गरेका नार्कका प्रवक्ता उप्रेतीको भनाई छ ।
‘शुरुमा त धेरै किसानले समस्या सुनाउँथे । हामी जवाफ मात्रै दिन्थ्यौं । तर अहिले तपाईले दिएको सुझाव सल्लाहले फाइदा ग¥यो भन्दै फोन गर्छन्’ नार्कका प्रवक्ता उप्रेतीले भन्नुभयो ‘किसान कल सेन्टरको प्रभावकारिता बढेको छ । किसानसँग नार्क जोडिंदैछ ।’
किसानलाई पहिलेको जस्तो बीउ नपाइने, मल नपाइने, रोग किरा लागे नजिकै कृषि प्राविधिक र विषादी नपाइने समस्या छैन । तर पाइएको कुरालाई राम्रोसँग प्रयोग नगर्दा झन् ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।
यसैलाई मध्यनजर गरेर नार्कले ‘किसान कल सेन्टर’ कार्यक्रम ल्याएको हो । जसबाट फोनमै भए पनि आवश्यक सर–सल्लाह दिन सकियोस् र कृषि वैज्ञानिकको विज्ञता किसानको खेतबारीमा देखियोस् भन्ने उदेश्य छ ।
घरैमा दुई चार बाख्रा र कुखरा पालेर व्यवसाय थालेजस्तो कृषि वैज्ञानिक बन्न सजिलो छैन । वर्षाैं अध्ययन र अनुसन्धानमा बिताएका वैज्ञानिक किसानको खेतबारी डुल्दै हिँड्न पनि भ्याउँदैनन् ।
त्यसैले किसानलाई वैज्ञानिकसम्म पुर्याउन र वैज्ञानिकलाई कृषि उत्पादन र व्यवसायमा किसानको सारथी बन्न ‘किसान कल सेन्टर’ कार्यक्रम ल्याइएको नार्कका अर्का वैज्ञानिक मनोज ठाकुरको भनाई छ ।
उहाँका अनुसार यसबाट किसानलाई कृषि उत्पादन र आफ्नो व्यवसाय बढाउन फाइदा पुगेको छ । उचित सर–सल्लाहको अभावमा लगानी डुब्ने र कृषि खेतीमा नोक्सानी व्यहोर्नुपर्ने समस्या कम हुँदै जान्छ ।
‘कृषि खेती र व्यवसाय गर्दा मल, पानी, रोग किराको उपचार, विषादीको प्रयोग लगायतका कुरामा ध्यान दिनुपर्छ । किसानले समयमै यी कुरामा ध्यान दिनुभयो र हामीले पनि सल्लाह दिन सक्यौं भने कृषि उत्पादन बढ्छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार शुरुमा नेपालका बिभिन्न ठाउँबाट किसानले आफ्ना समस्या सुनाउने भए पनि अहिले विदेशबाट समेत युवाहरुले जिज्ञासा राख्न थालेका छन् । रोजगारीका लागि इजरायल, दक्षिण कोरिया र खाडी लगायतका देश पुगेका युवाहरुले स्वदेश फर्केर कृषि व्यवसाय गर्ने सोच बनाएका छन् । त्यसका लागि लाग्ने लगानी, आवश्यक तयारी र विचार गर्नुपर्ने विषयमा युवाहरुले समेत फोन गरेर वैज्ञानिकसँग चासो राख्ने गरेका हुन् ।
‘हामी कृषि वैज्ञानिक किसानकै कृषि खेती र व्यवसाय बढाउन अनुसन्धानमा छौं । यति वर्ष अनुसन्धान गरेर किसानलाई फाइदा पुगेन भने हाम्रो के काम ?’ धानबाली विज्ञ समेत रहेका नार्कका प्रवक्ता उप्रेतीले भन्नुभयो, ‘सरकारलाई दोष दिनु पर्दैन ।
कृषि उत्पादन र व्यवसाय बढाउन खोज्दै हुनुहुन्छ भने हरेक हप्ताको सोमबार दिउँसो २ देखि ४ बजेसम्म ११३५ मा फोन गर्नुहोस् । हामी सल्लाह दिएर तपाईंलाई सहयोग गर्छौं ।’
‘नमस्तेको सिम चलाउनुहुन्छ भने ११३५ मा र एनसेलबाट हो भने ९८०१५७१११९ मा फोन गर्नुहोस् । फोन गर्दा पैसा लाग्दैन’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।