आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
पुस १९, २०८१ शुक्रबार
सर्लाही - चुरे क्षेत्रको वन–जंगलमा पछिल्लो समयमा चोरी तस्करी बढ्न थालेको छ।
तस्करले जथाभावी काँचो साल ,खयर, साज कर्मा लगायत जातका रुख कटान गर्न थालेपछि चुरेको वन उजाड बन्दै गएको हो। पछिल्लो समय चुरेमा पर्ने कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली लगायतका चुरे जंगलमा तस्करी बढेको छ ।
चुरे क्षेत्रमा यसरी दैनिक तस्करी बढन थालेपछि वन कार्यालयलाई नियन्त्रण गर्न निकै समस्या परेको छ । केही दिनअघि मात्र तस्करले बिक्रीको लागि लुकाएर राखेको १९४ क्युफिट साल जातको काठ डिभिजन वन कार्यालयले बरामद गरेको छ। तस्करले काटेको ठूलो परिमाणको काठ लालबन्दीमा रहेको सेक्टर वन कार्यालयले पत्थरकोट अन्तर्गत बाहुनी खोलाबाट बरामद गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो ।
तस्करले काठ पुरानो बनाउन माटो, बालुवा, स्याउलाले छोपेर राख्ने र पछि पुरानो देखिएपछि बेच्ने गरेका छन् । उनीहरुले सालको एउटा कडी तीन हजार भन्दा माथिको मूल्यमा बिक्री गर्ने गरेका छन् ।
तस्करले काठ काटेर ट्याक्टर राखेर बिक्री गर्ने लैजाने गरेको स्थानीयले बताएका छन् । अहिले चुरेको वनमा तस्करहरुले दिउँसै निर्धक्कसँग धमाधम काँचो रुख कटान गरिरहेका छन् ।
यसरी तस्करले जथाभावी रुख काट्दा चुरेको अस्तित्व नै खतरामा पर्ने र चुरे दोहन बढन सक्ने विज्ञहरूको भनाइ छ। पछिल्लो समय अन्यत्रबाट बसाइ सराइ गरी आउनेको संख्या चुरेमा बढदै गएपछि चुरे जोगाउन चुनौती थपिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।