आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
पुस १९, २०८१ शुक्रबार
सर्लाही – नेपाल-भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ।
दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने , पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाध्ने र बाटो बनाउने जस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।
साविकको भाँडसर, बलरा, त्रिभुवन नगर, मधुवनीगोठ मलंगवा, हरिपूर्वा लगायत क्षेत्रमा गाडिएको जंङ्गे पिलर, सहायक पिलर र केही साना पिलरलाई नेपाल-भारत दुवै देशका नागरिकले अतिक्रमण गर्दा अहिले पिलर ढल्ने अवस्थामा पुगेको स्थानीहरु गुनासाे गर्छन् ।
यसरी दुई देशबीचको सीमा छुट्याउन गाडिएका ३ सय १५ पिलरमध्ये आठवटा जंङ्गे पिलर, २० वटा सहायक पिलर र १४० वटा साना पिलर अत्यन्तै जिर्ण अवस्थामा पुगेको र दुईवटा साना पिलर हराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पूर्वमा संग्रामपुरदेखि पश्चिममा बलरा नगरपालिकासम्मको ४६ किलोमिटर दशगजाको ११ स्थानमा दशगजा अतिक्रमणको चपेटामा परेको छ । बलरा नगरपालिका-४ मा दुवै तर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा सानो पिलर घर भित्र परेको छ । स्थानीय अक्लेश सहनी भन्नुहुन्छ, 'घर बनाएर बस्न कतै खाली जग्गा छैन, सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परे पनि कुनै चिन्ता छैन ।'
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशगजा क्षेत्रमा दुवै देशले ३०/३० फिट दाँया र बायाँ कुनै पनि कार्य गर्न वा घरटहरा बनाइ अतिक्रम गर्न निषेधित गरिएको हुन्छ । सीमास्तम्भलाई सुरक्षित बनाउन दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिकांश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।