भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – गुल्मीमा दुई दिन अगाडि फेला परेकाे शवकाे पहिचान खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले बेवारिसे शवको पहिचान भएकाे बताएकाे छ । शव गुल्मी जिल्लाको इस्मा गाउँपालिका-६,अमरपुरका ३५ वर्षीय खड्ग बहादुर बोहराकाे भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताउनुभयाे ।
बोहराको शवलाई प्रहरीले रेसुङ्गा नगरपालिका३, भाँडगाउँको बेहोरेमा रहेको जंगलमा सडेको अवस्थामा आइतबार फेला पारेका थिए ।
बोहोरा गएकाे फागुन २ गते बुटवलबाट आफ्ना आफन्तहरुलाई भेटेर घर जान्छु भनी फर्किएका र त्यसपछि परिवारसँग सम्पर्कमा नआएका मृतकका दाजु तेजबहादुर बोहराले बताउनुभयाे ।
गुल्मी अस्पतालकाे शवघरमा बेवारिसे शव राखिएको छ भन्ने कुरा उनका आफन्तहरुले थाहा पाएपछि कसकाे रहेछ भनेर हेर्न आउँदा पाइन्ट र खुट्टाको प्रकृति हेरेर खड्ग बहादुर बाेहरा नै हाे भनेर पहिचान गरेको प्रहरीले जनाएकाे छ ।
स्थानीयहरु गाई चराउन जंगलमा जाने क्रमा धेरै दुर्गन्ध फैलिएकाेले हेर्न जाँदा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।