बिहीबारको तुलनामा सबै विदेशी मुद्राको भाउ घट्यो

 फागुन २४, २०७५ शुक्रबार १२:१९:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबारको तुलनामा सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा तोकेको छ ।

बिहीबार खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०७ पैसा थियो । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो ।

यस्तै हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेकोमा आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा थियो । 

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा छ । यस्तै आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ४२ पैसा तोकिएको छ । बुधबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७० रुपैयाँ ७९ पैसा तोकिएकोे थियो । 

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३० पैसा र बिक्रीदर २९७ रुपैयाँ ८९ पैसा छ । बिहीबार बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ५० पैसा र बिक्रीदर २९९ रुपैयाँ ०९ पैसा थियो ।

शुक्रबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । बिहीबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको थियो ।

आज अमेरिकी डलरको भाउ भाउ पनि घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ७० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३० पैसा तोकेको छ । बिहीबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ १६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा थियो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया