सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले चालक र रिसेप्सनिस्टका लागि आवेदन माग गरेको छ । दूतावासले १६ दिनभित्र आवेदन दिन पाउने गरी आइतबार आवेदन माग गरेको हो ।
चालक अनुमतिपत्र भएका, जीसीसी देशहरुमो चालकको काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने दूतावासले जनाएको छ । ४५ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने चालकलाई नेपाल सरकारले तोकेको तलब र सेवा सुविधा दिइने दूतावासले भनाई छ ।
कामको अवधि सुरुमा एक वर्षको हुने र त्यसपछि नविकरण हुन सक्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ । यस्तै रिसेप्सनिस्टका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक गरेको, अरबी, नेपाली र अङ्गे्रजी भाषामा दक्ष, कम्प्युटरको ज्ञान र सम्बन्धित क्षेत्रमा अनुभव हुनुपर्ने दूतावासले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।