साउदीमा समस्यामा परेका २१ नेपालीलाई फर्काइयो

 असार ११, २०७५ सोमबार १३:३०:३० | उज्यालो सहकर्मी

काठमाडौं – साउदी अरबमा समस्या परेका २१ नेपालीलाई सोमबार नेपाल फर्काइएको छ ।

साउदीमा रहेको नेपाली दूतावासले समस्यामा परेर घर फिर्ती केन्द्रमा रहेका उनीहरुलाई फर्काएको हो । दूतावासको प्रयासमा सबै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरुलाई स्वदेश फर्काइएको हो ।

नेपाल फर्किनेमा डम्बरकुमार कटुवाल, इर्शाद मियाँ, बिबराम तामाङ, सुख कामी, सन्तोष पाण्डे, देव अधिकारी, सुशील मानन्धर, गणेश तामाङ, सुवास तामाङ र रोशन भुजेल भुजेल रहेका छन् ।

यस्तै अख्तर नदाफ, दानबहादुर बोगटी, नुरुलाह शेख, सलाउद्दीन मियाँ, महेश बोलान, भिमेश्वर राजवंशी, मन्सुर नदाफ, छत्र रिजाल, प्रेम स्याङतान, नर बुढा र टिकाराम कार्कीलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया