नाजिर हुसेनलाई ज्यान मार्ने धम्की !

 चैत ४, २०७५ सोमबार १३:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – थिएटर हँदै सिनेमामा आएका अभिनेता नाजिर हुसेन यतिबेला चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘कागजपत्र’को प्रचार प्रसारमा जुटेका छन् ।

यसअघिको सिनेमा ‘गरुड पुराण’ले खासै राम्रो कारोबार नगरेका कारण पनि नाजिरका लागि यो सिनेमा खास छ । यो सिनेमाले सुखद कारोबार गर्ने आशा नाजिरले राखेका छन् । यस सिनेमामा उनले अभिनेत्री शिल्पा मास्केसँग जोडी बाँधेका छन् ।

यतिबेला सिनेमाको बारेमा दर्शकलाई जानकारी गराउने हेतुले प्रचार प्रसारमा जुटेका नाजिरले ढुक्क भएर सिनेमाको प्रचार गर्न पाएका छैनन् ।  उनलाई सिनेमा उद्योग छोडेर नगएको खण्डमा गोली हान्ने धम्की आएको छ ।

यसरी गोली हान्ने धम्की आएपछि नाजिरले सिनेमाको प्रचार प्रसारमा बाहिर जाँदा अशुरक्षित महसुस गरिरहेका छन् । उनलाई कसैले कतैबाट गोली हानिहाल्ने हो कि भन्ने डर लागिरहन्छ ।

धर्मका आधारमा मुल्याकंन गरेर यस्ता धम्की आउनु अर्थपूर्ण नभएको भन्दै नाजिरले चित्त दुखाए । यसका साथै उनले आफूले लामो संघंर्ष गरेर पाएको अहिलेको स्थान र दर्शकको माया छोडेर कतै जान नसक्ने पनि उल्लेख गरे । 

उनले आफूलाई कसले धम्की दियो भन्ने बारेमा खुलाएका छैनन् । आफूलाई धम्की आएपछि उनले उजुरी भने गरेका छन् । तर उनलाई  नेपालमा साइबर क्राइमका लागि त्यति बलियो कानुन नबनेका कारण त्याे व्यक्तिलाई  कारबाही गर्न कठिन हुने चिन्ता छ । 

बाहिरी देशहरुमा सेलिब्रेटीको नाम प्रयाेग गरेर सामाजिक सञ्जालमा विभिन्न पेज खाेल्न नमिल्ने व्यवस्था छ तर नेपालमा भने सेलिब्रेटीको नामबाट गलत अकाउण्ट बनाएर उसको इज्जतमा आँच आउने कामहरु भइरहेको र यसले आफ्नो जीवनमा असर गरिरहेको उनले बताए ।

नाजिरलाई सामाजिक सञ्जालमा धम्कीले भरिएका छाडा कमेन्टहरु पनि आएका छन् । यस्तै यहि सिनेमाकी अभिनेत्री शिल्पा मास्केलाई पनि सामाजिक सञ्जालमा अश्लील शब्दहरुको प्रयोग गरेर प्रतिकृयाहरु आएका छन् । उनीहरुले कसैले खर्च गरेर आफूहरुलाई फसाउन र तनाव दिन खोजेको हुन सक्ने बताए । 

शिल्पाले नराम्रो कमेन्ट आएपछि अहिले आफ्नो अकाउण्टमा कमेन्ट नै गर्न नमिल्ने बनाएको बताइन् ।  जे होस यी दुई कलाकारले सिनेमाको प्रचारमा भने कुनै पनि कसर बाँकी राखेका छैनन् ।

जसरी हुन्छ करिअरमा आइपरेका यस्ता समस्याहरुलाई पार गर्दै उनीहरु यतिबेला सिनेमाको प्रचार प्रसारमा जुटेका छन् । अपिल बिष्टको लेखन तथा निर्देशन रहेको यस सिनेमामा नाजिर र शिल्पाका अलावा भोलाराज सापकोटा, सरिता गिरी पनि मुख्य भूमिकामा छन् । 

 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया