भारतको ओडिसा घटना : नेपाली विद्यार्थी केही छात्राबास फर्किए, ...
फागुन ८, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा कूटनीतिक आक्रमण गर्न थालेपछि युरोपेली नेताहरू सशङ्कित भएका छन् ।
दोस्रो विश्वयुद्धपछि एउटै लयमा रहेका र शीत युद्धको समयमा सोभियत सङ्घको सामना गर्न एक भएकोमा पछिल्लो हप्ता अमेरिकी राष्ट्रपतिको कदमले युरोपली नेताहरूलाई सशङ्कित बनाएको हो । अब अमेरिकासँग कसरी व्यवहार गर्ने भन्ने बारेमा छलफल गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँनले आज पेरिसमा युरोपेली सङ्घ (ईयू) का सदस्य र बेलायतका नेताहरूलाई बोलाउनुभएको छ ।
ट्रम्पले पछिल्लो हप्ता युक्रेनसँग सहयोगको बदलामा खनिज पदार्थमा आधा स्वामित्व माग्नुका साथै रुस–युक्रेन युद्ध अन्त्यका लागि एकतर्फी वार्ता शुरू गर्नुभएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्नुसँगै रुस–अमेरिका विदेशमन्त्रीस्तरीय वार्ता भएर पनि साउदी अरबमा शान्ति वार्ता तोकिएको छ । तर त्यसमा युद्धको चपेटामा परेको युक्रेन र युक्रेनलाई सघाउन सामूहिक प्रयास गरिरहेका युरोपेली देशलाई बोलाइएको छैन ।
ट्रम्पले चुनाव अघिदेखि नै ईयूविरुद्ध चेतावनीहरू दिइरहनुभएको छ । तर त्यस्ता चेतावनीमा चुप रहेका युरोपेली नेताहरू एकतर्फी शान्ति वार्ता शुरू भएपछि जुट्न थालेका हुन् । जर्मनीकी विदेशमन्त्री अन्नालेना बेयरबकले यो हप्तालाई अस्तित्वको क्षण भन्नुभएको समाचार संस्था एपीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।