छोरीकाे बलात्कार आराेपमा बाबु पक्राउ

 चैत ५, २०७५ मंगलबार १४:५०:४१ | राजु लामिछाने

रुकुम पश्चिम -  छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको अभियोगमा ३४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । १७ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ  ।

पक्राउ परेका बाबुले आफ्नै छोरीलाई लगातार दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन् ।

उनले गएकाे शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरीमा उल्लेख भएको डीएसपी खड्काले बताउनुभयो । 

शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगई साथीकै घर बसेको अवस्थामा ती बाबुले छोरीलाई जबर्जस्ती घर लैजाने क्रममा बाटोमा रहेको अर्कै व्यक्तिको गोठमा जबर्जस्ती गरेको पीडित किशोरीले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ ।
 
त्यस उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाउँनजिकैको जंगलमा लुकेर बसेकाे अवस्थामा गएकाे सोमबार बेलुकी ४ बजे पक्राउ गरिएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका बाबुलाई जिल्ला अदालत रुकुमबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया