बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
प्रत्येक वर्षको जुलाई महिनामा क्यानडेली नागरिक राजधानी ओटावा पुग्ने गर्छन ।
उनीहरु त्यहाँ देशकै सबैभन्दा ठूलो संगीत पर्व ‘ब्लूफेष्ट’ मनाउन सहभागी हुने गर्छन् । तर यो वर्ष त्यो पर्वको तयारी केही समयको लागि स्थगित भएको छ ।क्यानडेली नागरिकका लागि विशेष पर्वझैँ रहेको यस सांगीतिक महोत्सव अहिलेलाई रोकिनुको कारण भने अनौठो छ ।
महोत्सव सुरु हुनुपूर्व नै एउटा विशेष पाहुनाको आयोजनास्थलमा उपस्थित भएकाले रोकिएको हो । महोत्सव आयोजना हुने ठाउँमा एउटा चराले गुँड बनाएपछि पर्व नै रोकिने अवस्थामा पुगेको हो ।
संगीत पर्वको लागि मञ्च तयारी गर्ने कामदारहरुले ‘किलडियर’ नामको एउटा चरा चार अण्डासहित ओथारो बसिरहेको देखेपछि पर्वको तयारी रोकिएको हो । त्यो चराको गुँडलाई क्यानडाको सरकारले सुरक्षा दिएको हो । त्यो गुँड संघीय अनुमतिबिना हटाउन नपाइने त्यहाँको संघीय सरकारले जनाएको छ । ‘म यो सबैभन्दा चुनौतीपूर्ण समस्या ठान्दछु, जुन भर्खरै देखा परेको छ’, ब्लुूफेष्टका निर्देशक मार्क मोनाहनले पत्रकारहरुलाई बताएका छन् ।
‘यदि कामदारहरुले मञ्च बनाउने काम केही फिट परसम्म पुर्याए भने चराले गुँड छोड्नसक्छ’, कारलेटन विश्वविद्यालयका प्रकृतिविद् माइकल रन्जलाई उद्धृत गदै सीएनएनले उल्लेख गरेको छ ।
‘किलडियर’ प्रजातिको चराले कम्तीमा पनि बच्चा कोरल्न २४ देखि २८ दिसम्म लगाउनेछ र केही समयपछि चराले गुँड छोड्नेछ । तर त्यो पर्व जुलाई ५ बाट सुरु हुने तयारीमा रहेको छ । ब्लूफेष्टमा कम्तीमा पनि ३ लाखभन्दा बढी समर्थकहरु सहभागी हुने जनाइएको छ । संगीत पर्वको त्यो सहभागिताले चरालाई अवरोध हुनसक्ने आशंका गरिएको छ ।
कामदाहरुले चराको गुँड भएको ठाउँतिर जाने बाटो सावधान चिन्हका साथ बन्द गरेका छन् । कार्यक्रम आयोजकले त्यो गुँड र चराको रक्षा गर्न सुरक्षाकर्मी पनि खटाएको छ । आयोजकहरुले त्यो गुँडलाई सार्ने उपयुक्त धेरै ठाउँहरु पत्ता लगाएको र त्यहाँको सरकारले त्यस विषयमा चाँडै निर्णय दिने अपेक्षा गरेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।