सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
आज अपरान्ह बंगलादेशको राजधानी ढाकाको बनानीमा १९ तले एफआर टावरमा आगलागी हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ढाका विश्वविद्यालयका विद्यार्थीहरु पनि रहेको बताइएको छ । घटनामा परि अन्य केही घाइते भएका छन् ।
आगलागीमा परेर ज्यान गुमाउनेमा एक जना ३५ वर्षीय अब्दुल अल फारुक रहेको बताइएको छ । त्यस्तै आगलागीमा परेर अर्का अन्दाजी ३० वर्षीय व्यक्तिको ज्यान गएको छ । आगलागीमा परेका उनको कुर्मिटोलो जनरल हस्पिटल लगेपछि निधन भएको थियो ।
आगलागीमा परेर ज्यान गुमाएका अन्य चार जनाको भने पहिचान भइसकेको छैन । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जनाएका छन् ।
एक महिनाअघि पनि ढाकाको चौकबजार इलाकाको एक भवन र रासायनिक गोदाममा आगलागी हुँदा ७८ जनाले ज्यान गुमाएका थिए भने ५० भन्दा बढी घाइते भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।