सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अवैधानिक रुपमा हुने आप्रवासन नरोकेमा अमेरिकाले आफ्नो दक्षिणी सीमा आगामी हप्ता बन्द गर्ने चेतावनी दिएका छन् ।
फ्लोरिडामा संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘म मजाक गरिरहेको छैन, यसको मतलब पूरा कारोबारबाट हुनसक्छ ।’ ट्रम्पको यो कदमले दुवै देशको आर्थिक अवस्था प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
‘हामी यसलाई लामो समयसम्म बन्द गर्छाैं’, राष्ट्रपति ट्रम्पले भने । डोनाल्ड ट्रम्प मेक्सिको भएर अवैध रुपमा भित्रिने आप्रवासीलाई रोक्नका लागि पछिल्लो दुई वर्षदेखि मेक्सिको सीमानामा पर्खाल लगाउनुपर्ने कुरा उठाउँदै आएका छन् ।
पछिल्लो महिनामात्र ७६ हजारभन्दा बढी आप्रवासीहरुलाई अवैधानिक रुपमा अमेरिकामा छिरेको भन्दै हिरासतमा लिइएको थियो । यो संख्या पछिल्लो १२ वर्षको अन्तरालमा सबैभन्दा धेरै हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।