कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा सामान्य बदल...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - तेश्रो नेपाल लगानी सम्मेलनमा १६ वटा परियोजनामा प्रारम्भिक सहमति भएको छ ।
१६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ । सहमति अनुसार सर्राफ ग्रुप होटलले चौधरी ग्रुपसँग साझेदारी गर्ने भएको छ । यस्तै चौधरी ग्रुप र ट्रकसेल कम्पनीबीच मोबाइल सेवामा लगानी गर्ने सहमति भएको छ ।
सोलार परियोजनाका लागि प्रदेश २ र चौधरी ग्रुपबीच समझदारी जुटेको छ । यस्तै एक कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलरमा २ सय ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । सतलज ग्रुप तथा नबिल बैंक, एभरेष्ट बैंक र भारतको स्टेट बैंकबीच ९ सय मेगावाटको अरुण तेस्रो बनाउने सम्झौता भएको छ ।
नेपालको हाइड्रो सलुसन र चीनको युनान्स हाइड्रोबीच १ सय ६४ मेगावाटको कालिगण्डकी गर्ज बनाउने प्रारम्भिक सम्झौता भएको छ । यस्तै अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजबीच सिमरा सेज पीपीपी मोडलमा बनाउने समझदारी जुटेको छ ।
सिन्सियर कन्सल्टेन्सी र हिमालयन बुटिक रिसोर्ट बनेपाबीच साझेदारी हुने भएको छ । यस्तै गैरआवासीय नेपाली एनारएनए ले जुनसुकै परियोजनामा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ बराबरको कोष बनाउने भएको छ ।
नेपालको एक कम्पनी र भारतको नेश्नल कोल्याट्रलबीच ग्रीन वेयरहाउस बनाउन सम्झौता भएको छ । पूर्वाधार विकासमा साझेदारी गर्न नेपाल निर्माण व्यवसायी र म्यानमारको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कोअपरेशनबीच सम्झौता भएको छ ।
युनाइटेड फाइनान्स र भारतको मुटहूट ग्रुपबीच ४० करोड रुपैयाँ बराबरको लगानी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र लगानी बोर्ड अफ्रिकाबीच लगानी जुटाउन समझदारी जुटेको छ । अपी पावर नेपाल र युकेको कोर्डिनग्रुपबीच पनि १८ मेगावाटको सोलार, ढेड मेगावाटको हाइड्रोपावर र १० मेगावाटको हावाको बिजुलीका लागि सम्झौता भएको छ ।
लगानी सम्मेलनमा डोल्मा हिमालयज इनर्जी ग्रीन फन्डमा ५० मिलियन अमेरिकी डलर जम्मा गर्ने सम्झौता पनि भएको छ । यो सम्झौतामा हस्ताक्षर भने हुन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।