रसुवागढी नाका हुँदै १५ करोड मूल्य बराबरको वनजन्य सामग्री निर्यात

 चैत १९, २०७५ मंगलबार १२:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका हुँदै १५ करोड मूल्य बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात भएको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा १५ करोड २१ लाख ९९ हजार १ सय मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय टिमुरेले जनाएको छ ।

यो नाका हुँदै सबैभन्दा बढी ह्याण्डी क्राफ्ट निर्यात भएको छ । १० करोड ९४ लाख ६८ हजार ५ सय मूल्य बराबरको ९ हजार ५ सय १९ केजी किलो ह्याण्डी क्राफ्ट चीन निर्यात भएको हो ।

दोस्रोमा बाँसको मुडा जाने गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा ६७ लाख ७१ हजार ५ सय मूल्य बराबरको २७ हजार ८६ वटा मुडा गएको छ । अम्रिसोको कुचो, काठको क्यारझुल, ह्याण्डी क्राफ्ट, काठका विविध सामग्री, बाँसको नाङ्लो, बुद्ध चित्त माला र रुद्राक्ष निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा २ करोड ७३ लाख ६७ हजार, २०७३/७४ मा ३ करोड ४४ लाख ८६ हजार र २०७४/७५ मा २ करोड ९७ लाख ९० हजार रुपयाँ मूल्य बराबरको सामग्री निर्यात भएको थियो । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया