उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् ।
भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट ९एलईओ० स्याटेलाइट खसालेको थियो । जसले अन्तरीक्षमा ४०० टुक्रा फोहोर फैलिएको छ ।
जिमले भने ‘यो इन्टरनेशनल स्पेश स्टेसन (अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र)का लागि खतरा हो ।’ भारतले मिसाइल परीक्षण गरेको पाँच दिनपछि जिमले यस्तो बताएका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब अन्तरीक्षको महाशक्ति बन्ने घोषणा गरेका थिए । मोदीले देशबासीका नाममा सम्बोधन गर्दै भनेका थिए ‘भारतले आफ्नो नाममा अन्तरिक्ष महाशक्तिका रूपमा दर्ता गराइसकेको छ, विश्वका तीन देश अमेरिका, रूस र चीनले मात्रै यो उपलब्धि प्राप्त गरेको छ । अब यो पंक्तिमा भारत पनि सहभागी भएको छ ।’
जिमले भनेका छन् ‘भारतले जुन उपग्रहको निशाना बनाएको थियो त्यो धेरै टुक्रा भएको थियो । धेरै ठूला टुक्रा छन् हामीले साना टुक्राको 'ट्रयाक' गरेका हौँ ।अहिले ठूलो टुक्राको खोजि गरिरहेका छौँ । हामी १० सेन्टिमिटर अथवा त्यो भन्दा ठूला टुक्राकाबारेमा कुरा गरिरहेका छौँ । ठूला टुक्रामा ६० सेन्टिमिटरसम्मको टुक्रा भेटेका छौँ ।’
भारतले तुलनात्मक रुपमा कम उचाइको उपग्रहलाई निशाना बनाएको थियो । यो उचाइ तीनसय किलोमिटरको थियो । २००७ मा चीनले ८०० किलोमिटरभन्दा माथि आफ्नो उपग्रह नष्ट गरेको थियो । ३०० किलोमिटरको उचाइ इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस)को नजिकै हो ।
नासाका प्रमुखका अनुसार अन्तरीक्षमा नष्ट भएको भारतीय उपग्रहको २४ टुक्रा आईएसएसको माथि गएको छ । यस्तो गतिविधि भविष्यमा अन्तरीक्षमा जाने यात्रीहरुको लागि प्रतिकुल हुने वैज्ञानिकहरुको दाबी छ ।
भारतको विदेश मन्त्रालयले भने कुनै अन्तरीक्ष अवेशष उत्पन्न नहोस् भन्नको लागि आफूहरुले तल्लो वायुमण्डलमा परीक्षण गरेको बताएका थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।