पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध मुद्रा लगेर जाँदै गरेका एकै परिवारका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो साढे एक बजे थाई एयरको फ्लाइट नम्बर टीजी ३२० बाट बैंकक जाँदै गरेको अवस्थामा एकै घरका पाँच जना सदस्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती ४६ वर्षीया उमा देवी श्रेष्ठ र उनका दुई छोरी र एक छोरा रहेका छन् ।
गेट नम्बर पाँचमा शंकास्पद अवस्थामा उभीरहेको देखेपछि खोजतलास गर्ने क्रममा उनीहरुबाट अवैध विदेशी मुद्रा भेटिएको हो । उनीहरुबाट २२ हजार १ सय ५० थाई भाट, १ हजार ३ सय ८० युरो, १० हजार अमेरिकी डलर र ८० हजार चिनियाँ युआन पक्राउ गरेकोे छ ।
अहिले उनीहरुलाई थप कारबाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लगिएको छ । यति धेरै अवैध मुद्रा विदेश लैजान खोजेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।