राप्रपाका महामन्त्रीसहित विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिने पक्राउ

 चैत २७, २०७५ बुधबार १७:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ह्वाट्स एपबाट म्यासेज पठाइ गोप्य भिडियो सार्वजनिक गरिदिने तथा ज्यान मार्ने धम्की दिने  दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

गोप्य भिडियो सार्वजनिक गर्ने र ज्यान मार्ने धम्की दिने तिलकदास पराजुली र प्रदीप रोकायालाई प्रहरीले विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले राप्रपाका महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्देनलाई नचिनेको नम्बरबाट ज्यान मार्ने धम्की दिने व्यक्तिलाई समेत पक्राउ गरेको छ । 

उनीहरुले विभिन्न व्यक्तिलाई स्पष्ट नेपाली र हिन्दी भाषा मिसाएर धम्की दिएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ७ का १९ वर्षीय प्रदीप रोकायाले गएको चैत २ गते डीजे इन्टरनेशनल सामाखुसीबाट लिएको सिमबाट नै धम्की दिएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

पैसाको लोभमा प्रदीपले आफ्नो सिम झापाको कचनाकवलका तिलकदास पराजुलीलाई दिएको खुल्न आएको छ ।

तिलकदासले पहिले भारतीय सिमबाट विभिन्न व्यक्तिलाई धम्की दिएको र पछि प्रदीपको सिम प्रयोग गरी आफू नेपाल आएको भन्दै आएका थिए । 

प्रहरीको अनुसन्धानबाट तिलकदास पराजुलीले आफ्नो परिचय लुकाई आर्थिक लाभ उठाउन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसहित विभिन्न व्यक्तिलाई टेक्स्ट म्यासेज र भ्वाइस म्यासेजमार्फत धम्की दिएको खुल्न आएको छ  ।

पक्राउ परेका दुवै जनालाई काठमाण्डौ  जिल्ला अदालतबाट हिरासतमा राख्ने आदेश लिई थप अनुसन्धान जारी रहेको छ।
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया