बंगलादेशी इस्लामिक समूहका उच्च विद्रोही नेता मारिए

 असार १४, २०७५ बिहीबार २०:१८:४७ | रासस

प्रहरी हिरासतमा रहेका बंगलादेशमा सक्रिय इस्लामिक अतिवादी समूहका नेता अव्दुर रहमानलाई बिहीबार गोली हानी हत्या गरिएको छ ।

रहमानमाथिको आक्रमणलाई बङ्गलादेशी अधिकारकर्मीहरूले आक्रमणलाई गैरन्यायिक हत्या शृङ्खलाको पछिल्लो घटना भनी प्रतिक्रिया दिएका छन् । 

रहमान बङ्गलादेशमा सक्रिय अतिवादी इस्लामिक समूह जमायतुल मुजाहिद्दिन बंगलादेश (जेएमबी)का क्षेत्रीय सैन्य कमाण्डर तथा सन् २०१६ मा राजधानी ढाकामा रहेको एक रेष्टुरेण्टमा १८ विदेशी नमगरिकसहित २२ जनामाथि हमला गरेको भनिएका एक आरोपित पनि थिए । 

उनलाई धर्मविरोधी एक लेखकको हत्या प्रकरणमा दोषी रहेको आरोपमा गत वर्षको जुलाईदेखि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको थियो । रहमान बिहीबार बिहान सिराजदिखान शहरको मध्यक्षेत्रमा प्रहरीको अनुसन्धान अभियानका लागि लगिएको समय आक्रमण गरी हत्या गरिएको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । 

रहमान अतिवादी इस्लामिक समूहका लडाकूसँग भएको सशस्त्र भीडन्तमा मारिएका जिल्ला प्रहरी प्रमुख जैदुल अलामले बताउनुभयो । उक्त घटनामा दुई प्रहरी घाइते भएका बताइएको छ । 

विगत दुई वर्षमा सुरक्षाकर्मीले ८० भन्दा बढी शङ्कास्पद इस्लामिक विद्रोहीलाई गोली हानी हत्या गरेका छन् भने उक्त समूहका सयौँ सदस्यलाई पक्राउ गरिएको छ । केहीलाई पक्राउपछि आजीवन काराबासको सजाय तोकिएको छ । रहमानले आफूमाथि आफ्नै समूहले आक्रमण गरेको बताएका प्रहरीले जनाएको छ । 

बंगलादेशी जिहादी समूहले जेएमबीले स्थापना गरेको र यसले सन् १९९० को दशकमा भएको अफगानिस्तानी गृहयुद्धमा सघाएको थियो । संस्थापक उच्च नेता सन् २००७ मा मारिएपछि पुनः संगठित भएको जेएम्बी समूहले पछिल्लो समय विभिन्न लेखक तथा पत्रकारमाथि पनि आक्रमण गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया