नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
इलाम – कुनै पनि शक्तिको दादागिरी नसहन नागरिकलाई आग्रह गर्दै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नागरिकका पक्षमा सरकार रहेको बताउनु भएकाे छ ।
शहीद रत्नकुमार वान्तवाको ४० औं स्मृति दिवसका अवसरमा माङ्सेबुङ गाउँपालिकाको इभाङमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले हाल नेत्र बिक्रम चन्द (बिप्लव) समूहले गरेको गतिविधिका बारेमा सबैलाई सचेत हुन जरुरी रहेको बताउनु भएको हाे ।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएका कारण धेरै नेता तथा कार्यकर्ता पक्राउ परिसकेको बताउँदै उहाँले केही नकारात्मक गतिविधिबारे थाहा पाए प्रहरीलाई खबर गर्न समेत नागरिकलाई सुझाउनु भएको छ ।
यस्तै सरकारले देशलाई समृद्ध पार्न खोजिरहेको समयमा यस्ता शक्तिले अवरोध गर्ने प्रयास निरन्तर गरिरहेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले इलामको माङ्सेबुङ पर्यटकीय स्थल भएकाले यसको मुहार फेर्न सरकार लागि पर्ने बताउँदै अब विकास हुने प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको छ ।
त्यस्तै पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले भने आफूले चुनाव लड्ने क्षेत्रमा आफू निर्वाचित भएर आएपछि सबै क्षेत्रमा बिजुली बत्तीको पहुँच पुगिसकेको जानकारी दिनुभयो । उहाँले सडकसमेत विस्तार भइसकेको बताउँदै विकास हुन्छ भन्ने पक्षमा नागरिकलाई विश्वस्त बन्न आग्रह गर्नुभयो ।
विस्तार भएका सडकहरु हिँउद-बर्खा नै चल्नसक्ने बनाउन आफूले पहल गरिरहेको समेत उहाँले बताउनु भयो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट जनप्रतिनिधि लगायतकाे उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।