कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
बझाङ - केही समयअघि मात्रै साईपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियानसमेत सञ्चालन गर्यो । विभिन्न सडक नाटक, जनचेतनामूलक र अन्तर्क्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्याे ।
त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँगाउँमा भएका छाउगोठहरु भत्काउने अभियन पनि सञ्चालन गरे । वडा नम्बर एकदेखि ५ सम्म गाउँमा भएका छाउ गोठहरु भत्काइयो । लाखौँ रुपैयाँ लगानी गरेर छाउगोठ भत्काउनुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पनि गाउँपालिकाको लगानी बालुवा पानी सरह भएको छ ।
अहिले फेरि यहाँका महिलाहरु महिनावारी (छाउ) भएको समयमा ओडार र खेतबारीको कान्लामा बस्ने गरेका छन् । साईपाल गाउँपालिका वडा नम्बर ५ की धौली देवी बोहरा चैत महिनामा महिनावारी हुनुभयो । साथमा एक वर्षका छोरा थिए । गाउँमा भएको छाउ गोठ भत्काएका कारण बस्न नमिल्ने भएपछि उहाँले गाउँनजिकै रहेको धौलीओखड ओढारमा १ वर्षका छोरासहित ५ दिनसम्म बसेको बताउनुभयो । उहाँजस्तै यहाँका धेरै महिलाहरु महिनावारी हुँदा अहिले ओढार र खेतबारीका कान्लामा बस्ने गरेको महिला स्वास्थ्य स्वयंसेविका गङ्गा देवी बोहराले बताउनुभयो ।
साईपाल गाउँपालिका वडा नम्बर ४ मा समेत उस्तै अवस्था छ । वडा नम्बर ४ को जगेरामा जनप्रतिनिधि, प्रहरी र बुद्धिजीवीहरु मिलेर गाउँमा भएको एउटा छाउगोठ भत्काए । घरभित्र महिनावारी भएको समयमा बस्न नमिल्ने भन्दै यहाँका महिलाहरुले छाउगोठ भत्काएको तीन चार महिनाभन्दा बढी जगेरा खोलाको ओढारमा बस्ने गरेको स्थानीय बासिन्दा कटु रोकायाले बताउनुभयो । झण्डै २६ परिवार बसोबास गर्ने यस गाउँका सबै महिलाहरु देवी देउताको डरका कारण महिनावारी भएको समयमा घर भित्र बस्न नमान्ने उहाँको भनाइ छ ।
ओढारमा महिलाहरुलाई थप समस्या हुने गरे पछि यहाँका महिलाहरुले आफ्नै लगानीमा छाउगोठ समेत निर्माण गरेका छन् । गाउँभरिका महिलाहरु नै एकजुट भएर टिनका पातहरु खरिद गरी छाउगोठ निर्माण गरेका हुन् । गाउँकै मिस्त्रीलाई छाउगोठ बनाउने जिम्मा दिएर महिलाहरु कसैले ढुङ्गा, कसैले माटो बोकेर नै छाउगोठ निर्माण गरेको स्थानीय पुतली रोकायाले बताउनुभयो । महिलाहरुलाई समस्या पर्दा, बिरामी पर्दा सजिलो होस् भन्ने उद्देश्यले गाउँकै महिलाहरु मिलेर स्थापना गरेको कोषबाट झण्डै २०/२५ हजार रुपैयाँको खर्चमा नयाँ छाउ गोठ निर्माण गरेको लक्षीमा रोकायाले बताउनुभयो ।
अहिले यो गाउँका महिलाहरु आफू महिनावारी भएको समयमा छाउ गोठमा नै बस्ने गरेको बताउँछन् । यो गाउँको सिको गर्दै धुलीका महिलाहरुसमेत पैसा संकलन गरेर सबैको साझा छाउ गोठ निर्माण गर्न जुटेका छन् । ‘एक घरबाट कति पैसा दिन पर्ने हो ? थाहा छैन’, स्थानीय बासिन्दा घुरन विकले भन्नुभयो । गाउँका सबै महिलाहरु अहिले गाउँनजिकै छाउगोठ निर्माणमा लागेका छन् ।
वडा नम्बर ४ कै शैनगाउँका महिलाहरु भने अहिले पनि खुला आकाशमुनि नै बस्ने गरेका छन् । गाउँनजिकै खोला छेउमा रहेको सार्वजनिक छाउ गोठ स्थानीय जनप्रतिनिधिहरु आएर भत्काइ दिएपछि महिनावारी भएका महिलाहरु बाहिर खुला आकाशमा नै रात काट्ने गरेका छन् । ‘हामी लागो देउतालाई पूजाआजा गर्ने मान्छे । छुवाछुत गरे पछि देउताले हामीलाई बसी खान दिन्न । घर भित्र बसौं भने पनि स–साना टहरा जस्ता छन् । खाना पकाउने, सुत्ने सबै एकै ठाँउमा छन् । अनि हामीले कसरी घरभित्र बस्नु’, स्थानीय महिला अमृता विकले भन्नुभयो ।
अरु छुवाछुतभन्दा पनि महिनावारी भएको समयमा बढी विभेद हुने गरेको यहाँका महिलाहरुले बताएका छन् । पुरुषले घरभित्रै बस्न आग्रह गरे पनि देवी देउताको डरले आफूहरु महिनावारी हुँदा र सुत्केरी भएको समयमा छाउगोठमा नै बस्ने गरेको उनीहरुको भनाइ छ ।
यसको अन्त्यका लागि अहिले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेकोसाईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो । तर यो प्रथा अन्त्य गर्न निकै चुनौती छ । यो समस्या साईपाल गाउँपालिकाको मात्र नभएर नेपाल र विशेषगरी बझाङ जिल्लाभरिको नै रहेको दाबी गर्दै अध्यक्ष धामीले पहिला आफूबाट नै अभियान सञ्चालन गर्नका लागि जनप्रतिनिधिलाई आग्रह गरेको बताउनुभयो ।
‘विभिन्न सडक नाटकका साथै अन्तर्क्रियाका सबै प्रक्रिया अघि बढाई सकेका छौं । अब सबै कार्यक्रम जारी राख्दै स्थानीय तहबाट दिइने सबै सेवा सुविधा समेत रोकेरै भए पनि छाउपडी प्रथा अन्त्य गरेरै छोड्छौं’, अध्यक्ष धामीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hari acharya
April 17, 2019, 6:50 p.m.कानून परिवर्तन गरेर मात्र के गर्नु ??जब मानसिकता नै परिवर्तन हुन सक्दैन भने कसैको केही लाग्दैन,