येचुरीको प्रश्न : राहुल गान्धी बीजेपीविरुद्ध लड्दै छन कि कम्युनिष्टविरुद्ध ?

 वैशाख ७, २०७६ शनिबार ७:१५:१३ | एजेन्सी
unn.prixa.net

भारतीय कम्युनिष्ट पार्टी(मार्क्सवादी) का महासचिव सीताराम येचुरीले कांग्रेस अध्यक्ष राहुल गान्धीले बीजेपीविरुद्ध लड्न लागेको हो वा कम्युनिष्टविरुद्ध स्पष्ट पार्नुपर्ने बताएका छन् ।

महासचिव येचुरीले वामपन्थीको गढ मानिने केरलको वायनाडबाट गान्धीको उम्मेदवारीले अलग सन्देश गएको बताएका छन् ।

सीताराम येचुरी भन्छन्, ‘केरलको सबै २० सिटमा कांग्रेस नेतृत्वको यूडीएफ र वाम दल नेतृत्वको एलडीएफबीच प्रतिस्पर्धा रहेको छ । चाहे उम्मेदवार राहुल हुन् वा अरु कोही ।’ येचुरी भन्छन्, ‘अब राहुल गान्धी के चाहन्छन्, त्यो उनीमाथि नै भर पर्छ । राहुल गान्धी आफ्नी आमा र हजुरआमाभन्दा बेग्लै तरिकाले केरलमा वाम दलविरुद्ध उठेर के सन्देश दिन चाहन्छन् ? उनले देशलाई बताउनुपर्छ कि उनको लडाइँ बीजेपीविरुद्ध हो वा वामदलविरुद्ध ?’

राहुल गान्धी केरलबाट उम्मेदवार बनेपछि भारतीय कम्युनिष्ट पार्टीले कांग्रेसलाई समर्थन गर्ने सम्भावना सकिएको भन्ने प्रश्नमा महासचिव येचुरी भन्छन्, ‘यदि राहुल गान्धी नभए त्यहाँ कांग्रेसको कोही अरु उम्मेदवार हुन्थ्यो ।’ येचुरीले चुनावपछि नै प्रस्तावित धर्मनिरपेक्ष सरकारको हिस्सा हुने नहुनेबारे छलफल हुने बताएका छन् । 

यस पटक राहुल गान्धी उत्तर प्रदेशको अमेठी र केरलको वायनाड क्षेत्रबाट चुनावमा उठ्दै छन् । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया