कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर - मकवानपुरका विकट गाउँमा उत्पादन भएको गाँजा भारत निकासी गर्दा तस्करले फरक शैलीको प्रयोग गर्न थालेका छन् । एक पछि अर्को फरक शैली परिवर्तन गर्दै गाँजा निकासी गर्ने गरेको रहस्य आज हेटौंडामा खुलेको छ ।
पछिल्लो समय भारतीय नम्बर प्लेटका साना गाडीमा प्रहरीले गाँजा बरामद गर्दै आएको छ । तर सबै शैली फरक फरक रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा प्रहरीले ४८ केजी ८ सय ग्राम गाँजा बरामद गर्ने क्रममा फरक शैली अपनाएकाे पाइएको छ । भारतीय नम्बर प्लेटको बीआर ३१ एम ५०५१ नम्बरको कारमा फल्स बटम बनाएर निकासी गर्ने क्रममा एक जना भारतीय नागरिक पनि पक्राउ परे । गाँजा निकासी गर्न लागेको कारको नम्बर प्लेट भन्दामाथि भारतीय सचिव लेखिएको थियो ।
सचिव लेखेपछि प्रहरीले सजिलैसँग भारतीय भीआईपी भनेर बुझे पनि । केही प्रहरी चौकिमा गाँजा ओसारेका तस्करले भारतीय भीआईपी भनेर सलाम पनि ठोके । तर बुझ्दै जाँदा गाँजा ओसार्ने फरक शैली परिवर्तन गरिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
फरक–फरक तरिकाले गाँजा बोकेर निकासी गर्न लागिएको तथ्य थाहा पाएपछि भारतीय सचिव लेखिएको कार पनि प्रहरीको नियन्त्रणमा आयो । यसअघि कतिपटक गाँजा ओसार्ने क्रममा चौकीपिच्छेका प्रहरीले सलाम ठोकेर गाँजा निकासी गरे होलान् भनेर अहिले पो थाहा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीहरु बताउँछन् ।
गाँजा ओसार्ने शैली परिवर्तन भएसँगै तस्करले फेरि अर्को शैली अपनाउन सक्नेछन् । भारतीय नागरिक विहार जिल्ला वैशाली ग्राम हसिकैवल वडा नंम्बर ५ बस्ने ३२ वर्षीय अमरजित सिंहले भारत निकासी गर्न लागेको गाँजा प्रहरीले बराममद गर्न सफल बन्यो ।
तिनताप्केमा रहेकाे सडक खण्डमा जाँचको क्रममा मनहरी तर्फबाट हेटौडातर्फ आउदै गरेको कारलाई रोकेर जाँच गर्दा कारमा चालक सिंह, गाडी र गाँजानियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ । कारको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई राखेकोराखेको अवस्थामा ८ वटा पोकामा ४८ किलो ८ सय ग्राम लागु औषध गाँजा फेला पारेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।