युक्रेनको राष्ट्रपतिमा कमेडियन विजयी

 वैशाख ९, २०७६ सोमबार १३:१९:९ | एजेन्सी
unn.prixa.net

युक्रेनमा हास्यकलाकार भोलोडिमर जेलेन्स्की भारी बहुमतले राष्ट्रपतीय चुनावमा विजयी भएका छन् । एक्जिट पोलको रिपोर्ट अनुसार, दोस्रो चरणमा भएको निर्वाचनमा हास्यकलाकार जेलेन्स्कीले ७३.१७ प्रतिशत मत प्राप्त गर्दा उनका विपक्षी प्रतिद्वन्द्वी तथा बहालवाला राष्ट्रपति पेट्रो पारोशोन्कोले २४.४९ मत प्राप्त गरे । 

‘म तपाईँहरुलाई कहिले पनि निराश पार्ने छैन’, जितपछि जेलेन्स्कीले भने । पहिलो एक्जिट पोलको रिपोर्ट प्रकाशित भएपछि पारोशोन्कोले हार स्वीकार गरे पनि राजनीति नछोड्ने बताएका छन् । 

राजनीतिमा नव आगन्तुक ४१ वर्षीय जेलेन्स्की एक व्यङ्ग्यात्मक टेलिभिजन श्रृङ्खला ‘सर्भेन्ट अफ द पिपल’ मा गर्ने अभिनयलाई लिएर चिनिन्थे, जसमा उनको चरित्र गल्तीवश युक्रेनको राष्ट्रपति बन्छन् । 

‘कुनै पनि विषयमा हामी शान्ति वार्ताको दिशामा रहनेछौं र संघर्ष समापनतर्फ अघि बढ्नेछौं’, नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरुलाई भने । जेलेन्स्कीसँग कुनै राजनीतिक अनुभव छैन । यही कारणले गर्दा नै उनले चुनावी अभियानमा आफू अरु उम्मेदवारभन्दा फरक रहेको बताएका थिए । 

युक्रेनको राष्ट्रपति बनेपछि जेलेन्स्की पनि युरोपको प्रभावशाली नेतामा गनिन थालेका छन् । जेलेन्स्की पाँच वर्षे कार्यकाल सम्हाल्नेछन् ।  
 
 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया