भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
गुजरातमा चुनावी सभा सम्बोधन गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् । मंगलबार गुजरातका २६ सिट सहित १५ राज्यका ११५ क्षेत्रमा मतदान हुँदैछ ।
गुजरातको चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘यदि पाकिस्तानले हाम्रो पाइलट अभिनन्दन वर्तमानलाई फिर्ता नगरेको भए त्यो ‘हत्याको रात’ हुन्थ्यो ।’ ‘मैले पाकिस्तानलाई भनेको थिएँ कि यदि हाम्रो पाइलटलाई केही भयो भने तिमीहरुलाई छोड्दिन । मलाई प्रधानमन्त्रीको कुर्सीको वास्ता छैन, कि म बाँच्छु कि आतंकवाद बाँच्छ’, मोदीले भने ।
‘धरतीपुत्रको हेरचाह गर्नु नै मेरो गृह राज्यका मानिसहरुको कर्तव्य हुन्छ, गुजरातमा सबै २६ सिट मलाई दिनुहोस् । मेरो सरकार सत्तामा फर्किन्छ र गुजरातमा भारतीय जनता पार्टीलाई २६ सिट नदिए टेलिभिजनमा २३ मार्चमा यस्तो किन भयो भनेर चर्चा हुनेछ’, मोदीले भाषणमा भने ।
प्रधानमन्त्री मोदीले शरद पवारमाथि पनि खुलेर आलोचना गरेका छन् । उनले भने, ‘उनी (शरद) भन्छन्, मोदी के गर्छन् मलाई थाहा छैन । मोदीले भोलि के गर्छन् भने र उनलाई थाहा छैन भने इमरान खानलाई कसरी थाहा हुन्छ ।’
मोदीले बाडमेर र्यालीलाई सम्बोधन गर्दै भारतले पाकिस्तानको धम्कीबाट डराउने नीति छोडिसकेको बताए । ‘पाकिस्तान बारम्बार आफूसँग परमाणु बम छ भन्दै आइरहेको छ । के हामीले चाहिँ परमाणु बम दिपावलीमा बच्चाको लागि राखेका हौं ?’ मोदीले भने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।