चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
जुम्ला – आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका डाक्टर केसीलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
१५ औँ अनसनस्थलका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बस्न पुगेका डाक्टर गोविन्द केसी र उहाँका समर्थकलाई प्रहरीले २ सय मिटर वर नै रोक्न खोजेपछि केसीसहित उहाँको टोली प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेको थियाे ।
डाक्टर केसी प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बस्नुभएको थियो । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै आफूलाई प्रतिष्ठानमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने डाक्टर केसीले बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय परिसर अगाडि केसीका समर्थकहरु हातमा प्लेकार्ड लिएर बसिरहेका थिए । सुरक्षाकर्मीले माइकिङ गरेर धर्ना छाड्न आग्रह गर्दा पनि धर्ना कार्यक्रम स्थगित नभएपछि प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीसहित उहाँको समर्थकलाई प्रहरीले हटाएको हो ।
चिकित्सा विद्ययक तोडमोडक गरिएको भन्दै जुम्ला अनसन बस्न पुगेका डाक्टर केसीलाई अहिले स्थानीयको सहयोगमा बाटोमै प्लाष्टिकको कुर्सीमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।