कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गर्नुभएको छ ।
काठमाण्डाैमा आज आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार टिक्ने अवस्था नभएकाले देशमा विकास, निर्माणको कामले गति लिन नसकेको बताउनुभयो । सरकार कुनै पनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली बचागमा केन्द्रित हुनुपरेको उहाँको जिकिर थियो ।
उहाँले भन्नुभयो, ‘सरकारले कहिले काम गर्ने हो ? प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो ? सरकार ढल्दैन है भन्दै भोषण गर्ने । आजकल केपीजीकाे काम पनि सरकार ढल्दैन भनेर भाषण गर्ने मात्रै छ । नागरिकलाई के लागेको छ भने यो सरकार रातको १२ बजे ढल्न सक्छ । यो बिहानै उछिटिन सक्छ । देशको विकास कहिले गर्ने हो ? नागरिक सन्तुष्ट छैनन् ।’
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ११ औं पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपाले काठमाण्डाैमा र्यालीसहित सभा आयोजना गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।