नेपाली कांग्रेसको ‘राष्ट्रिय जागरण अभियान’ सर्‍यो

 वैशाख १०, २०७६ मंगलबार २०:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले वैशाख ११ गतेबाट सुरु गर्ने तयारी गरेको ‘हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को मिति परिवर्तन भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको असामयिक निधन भएकोले भोलि वैशाख ११ गते देशभर एकसाथ प्रारम्भ गर्ने भनिएको ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणअन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गरेको हो । 

अब कांग्रेसले त्यो कार्यक्रम २०७६ वैशाख २५ गतेदेखि प्रारम्भ गरी जेठ २५ गतेसम्म देशभरका सबै  जिल्लाहरूमा पूर्ववत रुपमा सञ्चालन गर्ने बताएको छ । 
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया