ओबामाले मोदीलाई अङ्ग्रेजीमा 'तँ' कसरी भने होलान्  !

 वैशाख ११, २०७६ बुधबार १४:५२:४७ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता अक्षय कुमारलाई ‘गैर–राजनीतिक अन्तर्वार्ता’ दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेता अक्षय कुमारबीच भएको ६७ मिनेट लामो अन्तर्वार्ता समाचार संस्था एसियन न्यूज इन्टरनेशनलको माध्यमबाट भारतको सबैजसो समाचार च्यानलबाट प्रसारित गरिएको थियो । 

प्रधानमन्त्री आवासमा भएको अन्तर्वार्तामा अक्षय कुमारले नरेन्द्र मोदीसँग उनको दिनचर्या, खानपान व्यवहार, मनपर्ने कुरा र बाल्यकालको किस्साका बारेमा प्रश्न गरेका थिए । अक्षय कुमारले यसलाई गैर–राजनीतिक साक्षात्कार बताएका छन् । प्रधानमन्त्री मोदीले चुनावको समयमा गैर–राजनीतिक अन्तर्वार्ता दिन पाउँदा खुशी व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमा यो अन्तर्वार्ता चर्चामा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्री मोदीको व्यक्तित्वको प्रशंसा, रोचक टिप्पणी र आलोचना पनि गरिरहेका छन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चुनावी समयमा यस्तो गैर–राजनीतिक अन्तर्वार्ताले राजनीतिमा असर पर्ने बताएका छन् ।

ट्विटर प्रयोगकर्ता वैशालीले लेखेकी छिन्, ‘मोदीले आफ्नो प्रचार गरिरहेका छन्, जुन प्रचार गर्ने लज्जास्पद तरिका हो ।’ 

अर्का प्रयोगकर्ता शशांकले पनि केही यस्तै लेखेका छन्, ‘यो अन्तर्वार्ता भन्दा मोदीमाथि बनेको चलचित्र देखाउनु उपयुक्त हुन्थ्यो, देशमा के चलिरहेको छ भाइ ?’ 

अक्षय कुमारले प्रधानमन्त्री मोदीसँग केही अति सामान्य प्रश्न पनि सोधेका छन्, ‘तपाईँ आँप काटेर खानुहुन्छ वा कोयासँगै खानुहुन्छ, रुघाखोकी लाग्दा के लिनुहुन्छ ?’

तपाईंँले आफू कहिल्यै प्रधानमन्त्री बन्छु भनेर सोच्नुभएको थियो भन्ने प्रश्नमा मोदीले भने, ‘कहिले पनि सोचेको थिइनँ, जसको पारिवारिक पृष्ठभूमि छ उसको मनमा यो इच्छा जाग्नु सामान्य कुरा हो । मेरो पृष्ठभूमि जे थियो, यदि मैले सामान्य नोकरी पाएको भए पनि आमाले छिमेकीलाई मिठाई खुवाउनु हुन्थ्यो, मेरो नजरमा यो अप्राकृतिक हो ।’

सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले अक्षय कुमारकी पत्नी ट्विङ्कल खन्नामाथि दिएको टिप्पणी पनि चर्चामा छ । उनले भने, ‘म सामाजिक सञ्जाल जरुर हेर्छु, यसको माध्यमबाट मलाई विश्वमा भैरहेका गतिविधका बारेमा थाहा हुन्छ । म तपाईंको र ट्विंकल खन्नाको ट्विटर पनि हेरिरहेको हुन्छु र जसरी ट्विकंलले ममाथि रिस पोख्छिन्, म सोच्छु कि यसो गर्दा तपाईंँको परिवारमा धेरै शान्ति हुन्छ होला ?’

यसमा ट्विंकल खन्नाले पनि प्रतिक्रिया दिँदै लेखेकी छिन्, ‘मैले यसलाई सकारात्मक तरिकाको रुपमा लिएको छु, मोदीले मैले लेखेका कुरा पनि पढ्ने गरेका छन् ।’ 

अक्षयले मोदीलाई यति ठूलो घरमा आफ्नो परिवारलाई ल्याउने मन हुँदैन भनेर सोधेका थिए । यसको जवाफमा प्रधानमन्त्री मोदीले भने, ‘मैले सानो उमेरमा नै सबैकुरा छोडिसकेको छु र मेरो जिन्दगी अलग भइसकेको छ ।’

‘मैले एकपटक आमालाई बोलाएको थिएँ तर आमाले तिमी किन मेरोपछि चिन्तित हुन्छौ भन्नुभयो । म पनि समय दिन पाउँदिन थिएँ । रातको १२ बजे आउँथेँ र आमालाई लाग्थ्यो कि म के गरिरहेको छु’, मोदीले भने ।

अक्षयले प्रधानमन्त्रीलाई विपक्षमा कसको साथी हुनुहुन्छ भनेर सोधेका थिए र जवाफमा मोदीले धेरै नै साथीहरु रहेको र हरेक वर्ष कहिलेकाँही सँगसँगै खानपिन गर्ने बताए । उनले भने, ‘एउटा पुरानो कुरा छ, जब म मुख्यमन्त्री पनि थिइनँ । म र गुलाम नबी आजाद गफ गरिरहेका थियौँ । कसैले तपाईंँ त आरएसएकाे मान्छे कसरी साथी बन्नुभयो भनेर सोधे । गुलाम नबीले राम्रो जवाफ दिए ।’

प्रधानमन्त्री मोदीले प्रत्येक वर्ष तृणमूल कांग्रेस नेतृ ममता बनर्जीले एक/दुई कुर्था दिने गरेको बताए । मोदीले यो कुराको खुलासा गर्दा आफूलाई चुनावमा यसले प्रभाव पार्न सक्ने पनि बताएका छन् । उनले भने, ‘बंगलादेश भ्रमणमा प्रधानमन्त्री शेख हसिनाजीले बंगाली मिठाइको चर्चा गर्नुभएको थियो । आज पनि उहाँले ढाकाबाट मलाई मिठाई पठाउनुहुन्छ । ममता दिदीले थाहा पाउनुभयो भने पनि वर्षमा एक/दुई पटक मिठाई पठाउनुहुन्छ ।’  

ट्विटर प्रयोगकर्ता साकेत रञ्जन लेख्छन्, ‘ममता दिदीलाई पठाइएको कुर्था नेशनलिस्ट हो तर ममता दिदी एन्टी–नेशनल हुन् ।’ 

 

यो अन्तर्वार्तालाई संकेत गर्दै ट्विटर प्रयोगकर्ता भिटिवदेवाला लेख्छन्, ‘यो अन्तर्वार्तामा भक्तहरुले केही पाए पनि जनतालाई आवश्यक पर्ने केही थिएन ।’   

 

प्रधानमन्त्री माेदीले आफू दिनमा साढे तीन चार घण्टा सुत्ने कुरा सत्य भएको बताए । उनले भने, ‘मेरा जति साथीहरु छन्, उनीहरु सबैको आग्रह यही रहन्छ ।

ओबामा पनि मलाई भेट्दा किन यस्तो गरेको भनेर चकित पर्छन् । हामीहरु एक असल साथी हौं, उनी मसँग तँ–तँ गरेर कुरा गर्छन्, हामीबीच यो सबै चल्छ । मलाई धेरै निद्रा नै लाग्दैन, उठ्ने बित्तिकै मेराे पाउ जमिनमा हुन्छ । यो मेराे लागि बानी भैसक्यो ।’

तर मोदीको यो कुरामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मोदीलाई सोधेका छन्, ‘ओबामाले अङ्ग्रेजीमा तँ कसरी भन्छन् होला ?’

‘रियल हिस्ट्री पिस’ ले लेखेको छ, ‘ओबामाः हेलो नरेन्द्र, तँलाई कस्तो छ ?’

 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Binod Anuj

    April 27, 2019, 8:28 a.m.

    Very simple. "Hey you Modi!"

  •  0 Reply

तपाईको प्रतिक्रिया