सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
अफ्रिकी देश मलावीमा पहिलो पटक मलेरियाको भ्याक्सिन सार्वजनिक गरिएको छ । विश्वभरि प्रत्येक वर्ष चार लाख पैतिस हजार बालबालिकाको ज्यान जाने यो रोगबाट बच्नका लागि ३० वर्षदेखि प्रयास जारी थियो । यो भ्याक्सिन पाँच महिनादेखि दुई वर्षका बालबालिकाका लागि विकसित गरिएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मलावी सरकारको यो ऐतिहासिक कार्यक्रमको स्वागत गरेको छ । विश्व स्वास्थ्य संगठनले धेरै पहिला अफ्रिकी महाद्वीपमा दुई वर्षभन्दा कम उमेरका बालबालिकाको लागि यो भ्याक्सिन प्रयोगमा ल्याउने घोषणा गरेको थियो । विश्व मलेरिया दिवस प्रत्येक वर्ष २५ अप्रिलमा मनाइँदै आइएको छ ।
प्रत्येक मिनेट २ बालबालिकाको ज्यान जान्छ
यो भ्याक्सिन बालबालिकालाई मलेरियाबाट बचाउनका लागि सुरु गरिएको पायलट प्रोजेक्टको एक हिस्सा हो । यो भ्याक्सिनको नाम ‘आरटीएस,एस’ राखिएको छ । डब्ल्यूएचओका अनुसार, अफ्रिकी महाद्वीपका दुई देश घाना र केन्यामा आगामी हप्ता यो भ्याक्सिन प्रयोगमा ल्याइनेछ । यस घातक रोगबाट विश्वमा प्रत्येक मिनेट २ बालबालिकाको ज्यान जाने गरेको छ ।
अफ्रिकामा प्रत्येक वर्ष २ लाख ५० हजारको ज्यान जान्छ
मलेरियाबाट अफ्रिकामा धेरैले ज्यान गुमाउने गरेका छन् । अफ्रिकामा मलेरियाका कारण प्रत्येक वर्ष २ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन् । डब्ल्यूएचओको अनुमानको अनुसार, दक्षिण पूर्व एसियामा मलेरियासम्बन्धी दर्ता हुने घटनामध्ये ८९ प्रतिशत भारतबाट मात्रै हुने गर्दछ । नेशनल भेक्टर बोर्न डिजिज कन्ट्रोल प्रोग्राम (एनभीबीडीसीपी) का अनुसार, सन् २०१६ मा १० लाख ९० हजार ७ सय २४ घटना दर्ता भएका थिए, जसमध्ये तीन सय ३१ ले ज्यान गुमाएका थिए ।
कम उमेरका बालबालिकामा यो रोगको सम्भावना धेरै
पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा यो रोगबाट ज्यान जाने खतरा सबैभन्दा धेरै हुन्छ । विश्वभरि प्रत्येक वर्ष मलेरियाबाट ४ लाख ३५ हजार ले ज्यान गुमाउने गरेका छन् । सबेभन्दा चिन्ताजनक कुरा के हो भने यसमा अधिकतर बालबालिका रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।