श्रीलंका : सरकारी अधिकारीको गलत तथ्यांक, ज्यान गुमाउनेको संख्या २५३

 वैशाख १३, २०७६ शुक्रबार ११:७:३१ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा ज्यान गुमाउनको संख्यामा संशोधन गरेको छ। श्रीलंकामा गएको आइतबार भएको बम विस्फोटमा मारिनेको संख्या १०० जनाभन्दा बढीले घटाएको छ ।

सरकारी अधिकारीहरुले संख्याका सम्बन्धमा त्रुटि हुन गएको जनाएको बीबीसीले उल्लेख गरेको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा ज्यान गुमाउनेको संख्या संख्या २ सय ५३ जना रहेको छ ।

यसअघि बिहीबार बेलुकासम्ममा ३ सय ६० जनाभन्दा बढीको ज्यान गएको बताइएको थियो । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । श्रीलंकाको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो । 

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

आइतबारको बम आक्रमणको घटनालाई लिएर श्रीलंकाका रक्षा सचिव हेमासिरी फर्नान्डोले बिहीबार पदबाट राजीनामा दिएका छन् । आक्रमणको पूर्वजानकारी भए पनि सुरक्षा मामिला हेर्ने अधिकारीहरुले राजनीतिक नेतृत्वलाई जानकारी नगराएको तथ्य सार्वजनिक भएपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनीहरुलाई पद छोड्न निर्देशन दिएका थिए ।
 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया