निर्वाचन आयोगले कीर्तिपुर र काठमाण्डाै–१६ मा अनुगमन टाेली खट...
मंसिर १२, २०८१ बुधबार
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । दिल्लीका फिरोज शाह कोटलामा सवा चार बजे सुरु हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंग्लोर खेल्दैछन् । दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेलमा सन्दीप लामिछाने फर्किएका छन् । उनी क्रिश माेरिशकाे स्थानमा आएका हुन् ।
यी दुवै टिमले समान ११ खेल खेलेका छन् । सात खेल जितेकाे दिल्लीको १४ अंक छ भने बेग्लोरले ४ खेलमा जित्दा अंकतालिकामा आठ अंक छ । आजको खेलमा दिल्ली जित निकाल्दै प्लेअफनजिक पुग्न चाहन्छ भने बेंग्लोर पनि जित निकाल्दै प्लेअफमा पुग्ने आश जीवित राख्न चाहन्छ ।
पछिल्लो खेलमा बेग्लोरले किंग्स इलाभेन पञ्जाबलाई १७ रनले हराउँदा दिल्लीले पनि राजस्थान रोयल्सविरुद्ध ६ विकेटको जित हात पारेको थियो ।
आइतबारको दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् । कोलकाताको घरेलु मैदान इडन गार्डेनमा राति सवा आठ बजे सुरु हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
उत्कृष्ट लयमा रहेको मुम्बई आजको खेलमा जित निकाल्दै प्लेअपमा पुग्न चाहन्छ भने कोलकत्तालाई मुम्बईलाई हराउँदै प्लेअफको आश जीवित राख्न चाहन्छ । समान ११ खेल खेल्दा मुम्बईको १४ अंक छ भने कोलकत्ताको आठ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।