निर्वाचन आयोगले कीर्तिपुर र काठमाण्डाै–१६ मा अनुगमन टाेली खटायाे

 मंसिर १२, २०८१ बुधबार १८:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाण्डाै महानगरपालिका वडा नम्बर १६ मा आचारसंहिता अनुगमन टोली खटाएको छ ।

आउँदो आइतवार मङ्सिर १६ गते हुने उपचुनावकाे प्रचारप्रसारका क्रममा आचारसंहिता पालना गरे वा नगरेको अनुगमनका लागि टोली खटाएको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मङ्सिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो । आयोगले उपचुनाव हुने सबै पालिकामा प्रचारप्रसारको सुक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया