इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – जस्मिन पेन्ट्सको सद्भावना दूत अर्थात् 'ब्रान्ड एम्बासडर' मा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालाई नियुक्त भएका छन् ।
कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत सद्भावना दूत नियुक्त गरिसकेको छ । पछिल्लाे समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ पारस खड्कासँग सहकार्य गरेको जस्मिन पेन्ट्सले जनाएको छ ।
यो सहकार्यले नेपाली खेलकुदका साथसाथै आफ्ना उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजारीकरण विस्तारका निमित्त थप टेवा पुग्ने जस्मिन पेन्ट्सको विज्ञप्तिमा उल्लेख छ । पारस खड्कासँगको सहकार्यले आफ्ना उत्पादनहरू स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै परिचित हुने कम्पनीकाे विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।