एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
कालीकाेट – कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । हिजो खाँडाचक्र नगरपालिकालाई पत्र लेख्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाहीलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।
नगरपालिकाका मेयर कमलबहादुर शाहीको एकल निर्णयले प्रशासन शाखा अधिकृत छैटौं तहमा कार्यरत शाहीले आफूलाई आफैं सातौं तहमा बढुवा गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजङ्ग शाही हुँदाहुँदै अधिकृत छैंटौं तहका अविराज शाहीले आफ्नो पदस्थापन र बढुवा आफैँ तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अवैध पत्र पठाएर कार्यकारी नियुक्त भएका थिए । सबैतिरबाट विरोध आएपछि मन्त्रालयले शाहीलाई जिम्मेवारीबाट हटाएको हो ।
यसअघि २०७९ सालमा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत रहँदा अविराज शाहीले श्रीमतीलाई आफैं नियुक्ति दिएर जागिर खुवाएको आरोप लागेको थियो । उनले २०७८ साल फागुन १ गतेदेखि तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौंमा श्रीमती प्रगति ठकुरीलाई नियुक्ति दिएर आफैं हाजिर लगाउने र तलब भत्ता श्रीमतीको खातामा जानेसम्म मिलाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।