अदालतको स्थगन आदेशले विकास निर्माणको कामलाई अवरुद्ध पार्‍याे: प्रम ओली

 वैशाख १५, २०७६ आइतबार १६:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले अदालतमा मुद्धा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण यन्त्रहरुमा पर्न गएको लगानीले राज्यलाई गम्भीर क्षति भइरहेको पनि स्पष्ट पार्नुभयो । आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले मुलुक नयाँ प्रणालीमा गएकाले पनि विकास निर्माणको कामले अपेक्षा गरे अनुसार गति लिन नसकेको पनि दोहोर्‍याउनु भयो ।

प्रधानमन्त्री ओलीले विकास, निर्माणको कामलाई तीव्रता दिन आवश्यक कानुनहरुको संशोधन गर्नुपर्ने पनि बताउनु भयो । उहाँले विकास, निर्माणको कामलाई गति दिन पूराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको पनि बताउनु भयो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया