प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन
माघ १९, २०८१ शनिबार
भक्तपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको विकासको गति सरकारले सोचे अनुरुप अघि बढ्न नसकेको बताउनुभएको छ ।
भक्तपुरको तेलकोटमा आइतबार आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडकको शिलान्यास गर्दै उहाँले विकास कार्यमा कहीँ न कहीँ अप्ठ्यारो देखिएकाले ती अप्ठ्यारा छिचोलेर सरकार अघि बढ्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा बाधा उत्पन्न भएको चर्चा गर्दै मुलुकमा केही-केही कुरामा थिति बिग्रिएको टिप्पणी गर्नुभयो । चीनले बीआरआई स्वीकार गरिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको उहाँको भनाइ छ ।
सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, गुणस्तरीय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भएपनि पुननिर्माणको प्रक्रियामा ल्याउछौ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रदेश सरकारले विनियोजन गरेको २७ करोड २५ लाख लागतको १३ किमि सडक निर्माण हुने भएको बताउनुभयो । मनोहरा पुलदेखि तेलकोटसम्मको सडक १८ महिनाभित्र निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
सडक शिलान्यास कार्यक्रममा प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रदेश नं.३ का पूर्वाधार विकास कार्यालयका प्रमुख लोकनाथ रेग्मी, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी तिमिल्सिनाले निर्माण व्यवसायीका कारण पूर्वाधार विकासका कार्यमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै मनोहरा पुलदेखि तेलकोटसम्मको सडक निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
मनोहरादेखि तेलकोटसम्मको १३ किमी सडक निर्माणको शिलान्यास गर्न तेलकोट पुग्नुभएका सञ्चार तथा सुचना प्रविधिमन्त्री बाँस्कोटालाई नगरकोट सडक पीडित संघर्ष समितिले भत्केकोपाटी–तेलकोट–नगरकोट सडकको २० किमि सडकको निर्माणकार्य छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
निर्माण कार्य शुरु गरेको सात वर्षसम्म पनि निर्माण कार्य अलपत्र बनाएकाले व्यवसायीलाई छिटो निर्माण कार्य सम्पन्न गर्न र गुणस्तरीय निर्माण कार्य गराउन सरकारका प्रवक्तालाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
उहाँले घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण जनजीवन कष्टकर बन्दै गएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।