प्रि–बजेट छलफलअघि नै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेकोमा कांग्रेसकाे आपत्ति

 वैशाख १५, २०७६ आइतबार १८:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ । 

नेपाली कांग्रेस संसदीय दलको आइतबार सिंहदरबारमा बसेको बैठकले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउनु संसदीय मूल्य र मान्यताको समेत विरुद्ध हुने निष्कर्ष निकाल्दै आपत्ति जनाएको हो ।

साेमबारबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशनमा प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउने सरकारको योजना संसदीय मूल्य मान्यता विपरीत हुने भएकाले त्यसप्रति बैठकले आपत्ति जनाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । बैठकले पहिले प्रि–बजेट छलफल, त्यसपछि नीति तथा कार्यक्रम र सोही अनुसारको बजेट ल्याउन सरकारलाई सचेत पनि गराएको छ ।

बैठकले सरकारले आफ्नो एकपछि अर्को निरंकुश गतिविधिलाई ढाकछोप गर्न पत्रकारहरुलाई समेत पक्राउ गर्ने काम गरिरहेको उल्लेख गर्दै सह्य नहुने चेतावनी पनि दिएको छ । लोकतान्त्रिक गतिविधि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुने गतिविधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि प्रमुख सचेतक खाँडले बताउनु भयो ।

नेपाली कांग्रेसले सरकारको अभिव्यक्ति स्वतन्त्रता तथा लोकतन्त्रमाथि अकुंश लगाउने गतिविधिविरुद्ध सदन तथा सडकमा संघर्ष गर्ने तयारी पनि गरेको छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया