त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार चिनियाँ समकक्षी सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।
ग्रेट हल अफ् द पिपल्समा हुने भेटवार्तामा साेमबार केही महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच बेलुकी भेटवार्ता हुने र केही सम्झाैतामा हस्ताक्षर हुनेछ ।
भेटवार्तापछि राष्ट्रपति भण्डारी रात्रिभोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । आइतबार नेपाल र चीनका विभिन्न पक्षबीच ३ सम्झौतामा हस्ताक्षर भएको थियो । गएको बुधबार चीन भ्रमणमा जानु भएकी राष्ट्रपति भण्डारी आउँदो १९ गते बिहिबार स्वदेश फर्कनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।