क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने टोटनह्यामको लक्ष्य सेमिफाइनलको पहिलो लेगको नतिजाले गम्भीर धक्का लागेको छ । मंगलबार राति टोटनह्यामले आफ्नै मैदानमा डच प्रतिस्पर्धी आयाक्ससँग एक शून्यको पराजय ब्यहोर्यो ।
खेलको १५ औं मिनेटमा डोनी भान डी बीकले टोटनह्यामका गोलरक्षक ह्युगो लोसिलाई चतुर्याईंपूर्वक छक्याउँदै गरेको गोल नै निर्णायक बन्यो । यो अवे गोलले एरिक टेन हग नेतृत्वको निकै नै उत्साही आयाक्स टोली अर्को बुधबार आफ्नै मैदानमा हुने दोस्रो लेगका लागि बलियो अवस्थामा पुगेको छ ।
नियमित स्टरइकरहरु ह्यारी केन र सन ह्युङ मिनको अनुपस्थितिमा टोटनह्यामले खेलमा निकै संघर्ष गर्नुपरेको थियो । केन चोटग्रस्त छन् भने मिनले दोहोरो पँहेलो कार्डका कारण खेल गुमाएका हुन् ।
पहिलो हाफमा अनुहारको चोटका कारण डिफेण्डर जान भर्टोघेनलाई गुमाउनु पनि टोटनह्यामका लागि दुर्भाग्य बन्यो ।
दोस्रो हाफमा टोटनह्यामले बल पोजिसन कायम राखेर आक्रामक खल्ने प्रयास गरेको थिया । तर, आयाक्सको रक्षापंक्तिले उसका सबै प्रयास असफल पारिदियो ।
आयाक्स यही टोली हो जसले नकआउट चरणका यसअघिका दुई खेलमा रियल मड्रिड र युभेन्टसलाई पराजित गरेर जायन्ट किलरको उपमा पाएको थियो ।
दोस्रो लिगमा यही नतिजालाई कायम राखे आयाक्सले च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र लिभरपुलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।