च्याम्पियन्स लिग : लिभरपुल र बार्सिलोनाको प्रतिस्पर्धा, क्लप भन्छन् 'भरपुर प्रयास गर्नेछाैँ'

 वैशाख १८, २०७६ बुधबार ९:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले भनेका छन् कि च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा उनको टोली कमजोर छ । तर, उनीहरुलाई पहिलो लेगमा अग्रता हासिल गरी सहज अवस्थामा पुग्ने अवसर पनि हुनेछ ।

लिभरपुलले बुधबार राति पौने १ बजेदेखि बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा पहिलो लेगमा प्रतिस्पर्धा गर्दैछ । ‘हामी उत्कृष्ट छैनौँ, हामीले गल्ती गर्छौँ र पराजित हुन सक्छौंँ । हामीसँग अवसर पनि छ । यसको हामी भरपूर प्रयोग गर्ने प्रयास गर्नेछौं,’ प्रशिक्षक क्लपले भने ।

गत सिजन लिभरपुललाई फाइनलमा पुर्याएका प्रशिक्षक क्लपले भने, ‘हामी आफ्नो खेल खेल्नका लागि पूर्ण स्वतन्त्र छौँ। बार्सिलोना निकै नै सानदार टोली हो । हामी गएको सिजन उपाधि नजिक पुगेका थियौं । उनीहरु पछिल्लो २०  वर्षदेखि सफल भइरहेका छन् । त्यसैले म यस खेलका लागि धेरै उत्साही छैन । मेरा खेलाडीहरुले पनि यही महशुस गरिरहेका छन् भन्ने लाग्छ ।’

लिभरपुल र बार्सिलोना  दुवै टिम पाँचपटकका उपाधि विजेता हुन् । तर, बार्सिलोनाले ४  उपाधि पछिल्लो १३ वर्षमा जितेको छ भने लिभरपुलले आधुनिक लिग सुरु भएपछि दुईपल्ट मात्र जितेको छ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया