श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भन्दै २ हजार रुपैयाँ लिने पक्राउ

 वैशाख २०, २०७६ शुक्रबार १५:५८:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भन्दै २ हजार रुपैयाँ लिने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भन्दै सेवाग्राहीसँग २ हजार रुपैयाँ लिने पाल्पा घर भई काठमाण्डौ–१३ बाफलमा बस्ने पिताम्बर गैरेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

ताहाचलमा रहेकाे श्रम कार्यालय बाहिर पानी बिक्री गर्ने गैरेले श्रम स्वीकृतिको लागि लाइनमा बसेका २ जना सेवाग्राहीसँग काम गरिदिन्छु भन्दै जनही १÷१ हजार रुपैयाँ लिएका थिए । उनले पैसा लिएको प्रहरी र श्रम कार्यालयका कर्मचारीले फेला पारेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया