नयाँ दिल्लीमा घरभित्रै भेटियाे ११ जनाको शव

 असार १७, २०७५ आइतबार १७:३६:५८ | रासस
unn.prixa.net

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । 

बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । 

झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएका स्थानीय इन्डिया टुडे टिभि च्यानलले जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् । 

यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै खाद्यान्न र फरेनिचरको व्यापार गर्दै आएका चित्ताैडगढका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् ।

उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए ।

अाइतबार बिहान उनीहरुले सञ्चालन गरेको पसलमा जाँदा बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेका थिए । त्यसपछि मात्र आइतबार बिहान घटना सार्वजनिक भएको हो ।

उनले परिवारका सदस्यहरु हावा अावतजावतका लागि राखिएकाे झुण्डिरहेकाे भेटेका थिए । त्यसपछि उनले अरुलार्इ खबर गरे र पछि अरुले प्रहरीलार्इ खबर गरे । स्थानीय प्रहरीले बताए ।

तर पनि घटना केही दिन पहिले नै भएको हुनसक्ने अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ । दिल्ली प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।

प्रहरीले सामूहिक आत्महत्या या उनीहरुलाई झुण्याएर मारिएको हुनसक्ने दुवैको प्रारम्भिक अनुमान गरेको छ । 

उनीहरुको शव घरको सिलिङमा रहेको फलामको डण्डीमा झुण्डिएको अवस्थामा थियो । प्रहरीले अनुसन्धानका लागि छिमेकीहरुसँग सोधपुछ गर्ने र सिसिटीभीको फुटेजहरु अध्ययन गर्ने काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । 

प्रहरीले यसलाई एउटा ठूलो रहस्यमय घटनाका रुपमा लिँदै गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया