प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्ने बताउनुभएको छ ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभालाई सम्बोधन गर्दै पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको मुख्यमन्त्री राउतले बताउनुभयो ।
पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबै तिर पार्टी फैलिएको र आगामी दिनमा एक नम्बर पार्टी बन्ने पनि उहाँले दाबी गर्नुभयो । कांग्रेस र नेकपाजस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन पनि उहाँले चुनौती दिनुभयो ।
अहिले संघीयता, सुशासन र लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउन अहिले ठूला दलहरुबाटै समस्या आइरहेको भन्दै उहाँले संघीयता स्थापित गराउनुपर्छ भनेर मुख्यमन्त्रीको रुपमा आफू लडिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।