भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको ज्यान गयो

 वैशाख २८, २०७६ शनिबार ९:३:४१ | एजेन्सी
unn.prixa.net

भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको एउटा डुङ्गा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ । 

संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, ट्युनिशिया नजिक समुद्रमा शरणार्थी लिएर जाँदै गरेको डुङ्गा पल्टिएको हो । दुर्घटना भएको डुङ्गामा धेरैजसाे अफ्रिकाका नागरिक थिए । 

शरणार्थीहरुका लागि संयुक्त राष्ट्रको उच्च आयुक्त (यूएनएचसीआर) ले जारी गरेको बयानमा भनिएको छ, ‘यो दुर्घटनामा अहिलेसम्म १६ जनालाई बचाउन सक्यौं ।’

‘दुर्घटना भएको डुङ्गा बिहीबार लिबियाको लागि हिँडेको थियो, समुद्रमा शक्तिशाली लहर चलेका कारण डुङ्गा समुद्रमा पल्टिएको हो,’ दुर्घटनामा बचेकाहरुले भने ।

यूएनएचसीआरको आँकडा अनुसार, यो वर्षमात्रै अहिलेसम्म लिबियादेखि यूरोप मार्गमा एक सय ६० बढी मानिसले ज्यान गुमाइसकेका छन् । 

संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार, सन् २०१८ मा भूमध्य सागर पार गर्ने क्रममा प्रतिदिन छ प्रवासीले ज्यान गुमाउने गर्दथे । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया