पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । उहाँलाई ललितपुर महानगरपालिकाले बग्गीमा राखी नगरपरिक्रमासहित सम्मान गरेको हो ।
जोशीलाई उहाँको निवास पाटन बखुम्बहालबाट रथारोहणसहित मंगलबजार, ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुगेर विशेष कार्यक्रम गरी सम्मान गरिएको हो । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित हुनुभएको थियो ।
जोशीसहित सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई पनि ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । जोशीको नगर परिक्रमा कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासीन्दा, विद्यार्थी, नेपाली सेना, प्रहरी, कर्मचारी लगाएको सहभागीता रहेको थियो ।
बग्गीमा सवार गराउन महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गिता सत्याललगायत घरमै पुग्नुभएको थियो । संस्कृति तथा इतिहासविद् जोशी आज एक सय वर्ष पुग्नुभएको छ । ललितपुर महानगरले उहाँको सम्मानमा एक वर्षसम्म विभिन्न कार्यक्रम गर्ने घोषणासमेत गरेको छ ।
‘दिन बितेको थाहा हुन्छ, वर्ष बितेको चाहिँ थाहै नहुँदो रहेछ’ (भिडियो)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।